२०८३ असोज २६ गते सोमबार

सदन सुचारु हुने र नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष प्रचण्ड

सदन सुचारु हुने र नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष प्रचण्ड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३० गते बिहीबार ०३:३६

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गरेका छन् । बिहीवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले...

काठमाडौ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गरेका छन् ।
बिहीवार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो अनविज्ञता प्रकट गरेका हुन् ।
केही दिनअघि संसदको गतिरोध केही दिनभित्रै अन्त्य हुने बताएका अध्यक्ष प्रचण्डले दुई बितिसक्दा समेत संसद सुचारु हुने वा नहुने भन्नेबारेमा अनविज्ञता दर्शाए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् ।
करिव दुई हप्ता बित्न लाग्दा समेत सदन सुचारु हुन सकेको छैन ।
जसबारेमा सञ्चारकर्मीहरुले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले अब पुनः संसद भवनमा विपक्षी दलहरुको बैठक बस्ने र निर्णय गर्ने बताए ।
उनले भने , ‘सदनको बारेमा छलफल हो । अहिले फेरि हामी प्रतिपक्षीको बैठक बस्दैछौँ । प्रतिपक्षको बैठक बसिसकेपछि थाहा हुन्छ के गर्ने भनेर ।’
अध्यक्ष प्रचण्डले प्रतिपक्षको बैठकपछि मात्रै सदन सुचारु हुने वा अवरोध कायमै रहने भन्ने टुंगो लाग्ने र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग संसदको अवरोधको बारेमा नै छलफल भएको बताए ।

प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ०३:३६
हजुरको प्रतिक्रिया