२०८३ साउन २१ गते बिहीबार

पाेखरामा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे

पाेखरामा भिरबाट लडेर एक जनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ साउन १ गते शुक्रबार ०६:३२

पाेखरा ।  पोखरामा डाँडाबाट लडेर एकजनाकाे ज्यान गएकाे छ ।  पाेखरा-१८ स्थित मेथलाङकाे डाँडाबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । शुक्रबार दिउँसो अन्दाजी १ :४० बजेको समयमा मेथलाङ डाँडास्थित साथीहरु मिलेर मादक पदार्थ...

पाेखरा ।  पोखरामा डाँडाबाट लडेर एकजनाकाे ज्यान गएकाे छ ।  पाेखरा-१८ स्थित मेथलाङकाे डाँडाबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

शुक्रबार दिउँसो अन्दाजी १ :४० बजेको समयमा मेथलाङ डाँडास्थित साथीहरु मिलेर मादक पदार्थ सेवन गरी बसेकोमा अचानक भीरबाट लडेर गोरखा जिल्ला घर भइ हाल पोखरा -७ मासवार बस्ने २७ वर्षीय संजोक थापाको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार भीरबाट अन्दाजी ५० मिटर तल लडेर गम्भीर घाइते भएका थापालाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

घटनाको जानकारी पश्चात खटिएको प्रहरीको टोलीले सोधपुछ तथा अनुसन्धानको लागि निजको साथीहरुलाई नियन्त्रणमा लिई थप अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७८ साउन १ गते शुक्रबार ०६:३२
हजुरको प्रतिक्रिया