२०८३ कात्तिक ११ गते मंगलबार

एअर इण्डिया दुर्घटनाःसवार थिए गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी , १५ डाक्टर घाइते

एअर इण्डिया दुर्घटनाःसवार थिए गुजरातका पूर्वमुख्यमन्त्री विजय रूपाणी , १५ डाक्टर घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३० गते बिहीबार ०४:४७

काठमाडौ । अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी रहेको बताइएको छ। २४२ जना यात्रु सवार यात्रुमध्ये उनी पनि थिए। यात्रुहरूमा ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १...

काठमाडौ ।

अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी रहेको बताइएको छ।

२४२ जना यात्रु सवार यात्रुमध्ये उनी पनि थिए।
यात्रुहरूमा ५३ जना बेलायती, ७ जना पोर्चुगाली र १ जना क्यानाडाली नागरिक रहेको जनाइएको छ।

दुर्घटनास्थलबाट हालसम्म १०० शव निकालिएको जानकारी प्राप्त भारतिय समाचारले जनाएको छ ।

विमान जुन भवनमा ठोक्किएको थियो, त्यस भवनमा अहमदाबादको सिभिल अस्पतालका डाक्टरहरू बसोबास गर्दै आएका थिए। प्राप्त जानकारी अनुसार, घटनामा १५ जना डाक्टर घाइते भएको समाचारमा बताइएको छ ।

जानकारी अनुसार, विमान एयरपोर्टको पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै क्र्यास भएको हो। विमान खस्नेबित्तिकै पूरै क्षेत्रमा बाक्लो धुवाँको मुस्लो देखिएको खवरमा बताइएको छ ।

प्रकाशित मिति २०८२ जेठ ३० गते बिहीबार ०४:४७
हजुरको प्रतिक्रिया