२०८३ असोज २६ गते सोमबार

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३१ गते शुक्रबार ०४:१३

काठमाडौ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम,...

काठमाडौ ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित भएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभाबाट पारित गरेको हो ।
सरकारको तर्फबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक पारित गर्न प्रश्ताव गरे ।
प्रश्तावलाई सदनबाट सर्वसम्मतिले पारित गरिएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले कुनै पनि नियम कानून सधैँ पुरानै रहनुपर्ने भन्ने नहुने र काम गर्ने चरणमा देखिने समस्या सुधार गर्दै जानुपर्ने बताए ।

प्रकाशित मिति २०८२ जेठ ३१ गते शुक्रबार ०४:१३
हजुरको प्रतिक्रिया