२०८३ साउन २१ गते बिहीबार

विगतको जगमा अब नयाँ ढंगले उन्नत समाजवादतर्फ अघि बढ्नुपर्छः डा. बाबुराम भट्टराई

विगतको जगमा अब नयाँ ढंगले उन्नत समाजवादतर्फ अघि बढ्नुपर्छः डा. बाबुराम भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ जेठ ३२ गते शनिबार ०९:१७

अध्यक्ष भट्टराईले विगतको बलिदानपूर्ण इतिहासलाई नकार्ने वा अपमान गर्न नहुने बताउँदै विगतको जगमा उभिएर समय सुहाउँदो र नेपाल अनुकूल समाजवादी यात्राको नयाँ चरण शुरु गर्नुपर्ने जिकिर गरे ।

काठमाडौं ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने जिम्मेवारी पूरा गरिसकेको बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को १० औँ स्थापना दिवसको अवसरमा शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

अब त्यो भन्दा अगाडि उन्नत समाजवादतर्फ अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे । पछिल्लो ज्ञान, विज्ञान र नेपालको ठोस सामाजिक–आर्थिक अवस्थालाई आत्मसात् गर्दै नयाँ ढङ्गले समाजवाद निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष भट्टराईले विगतको बलिदानपूर्ण इतिहासलाई नकार्ने वा अपमान गर्न नहुने बताउँदै विगतको जगमा उभिएर समय सुहाउँदो र नेपाल अनुकूल समाजवादी यात्राको नयाँ चरण शुरु गर्नुपर्ने जिकिर गरे ।

उनले भने, “माओवादीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पु¥याउने बेलासम्म आफ्नो भूमिका पूरा ग¥यो । अब हामी त्यो भन्दा अगाडी नयाँ ढङ्गले जानुपर्छ । त्यसको निम्ति पछिल्लो ज्ञान र विज्ञान र नेपालको ठोस धरातलमा आधारित भएर हामीले आफूलाई उन्नत प्रकारको समाजवाद भनेर जानु उपयुक्त हुन्छ भनेर यो अभियान सुरु गरिएको हो । यो विषयमा छलफल गरौँ । हामीले कुनै आग्रह÷पूर्वाग्रह राखेर, आवेगमा आएर हिजोको बलिदानपूर्ण इतिहासलाई नकारेर त्यसलाई अपमान गर्ने ढङ्गले होइन, त्यसको जगमा टेकेर त्यो भन्दा अगाडी नयाँ ढङ्गले युग सुहाउँदो नेपाल सङ्गत ढङ्गले हामी जान खोजेको हो । यो ढङ्गले बुझौँ, मेरो आग्रह छ ।”

पूँजीवाद उत्पादक शक्तिको विकास नगरी आफूहरूले भने जस्तो समाजवाद आउन नसक्ने उनको भनाइ थियो ।

प्रकाशित मिति २०८२ जेठ ३२ गते शनिबार ०९:१७
हजुरको प्रतिक्रिया