२०८३ कात्तिक ११ गते मंगलबार

एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुग्यो

एयर इण्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार ०९:५३

दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यहरू भन्दा बढीको मृत्युले अन्य ३३ जना पीडितहरू अहमदाबादको बीजे मेडिकल कलेजको क्याम्पसमा रहेका व्यक्तिहरू भएको देखाएको छ ।

एजेन्सी\सिन्ह्वा ।

गुजरातको अहमदाबाद विमानस्थल नजिकै बिहीबार भएको एयर इण्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २ सय ७४ पुगेको छ ।

जसमा ३३ जनाको जमिनमै मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटनामा मृत्यु भएको पुष्टि भएका २ सय ४१ यात्रु र चालक दलका सदस्यहरू भन्दा बढीको मृत्युले अन्य ३३ जना पीडितहरू अहमदाबादको बीजे मेडिकल कलेजको क्याम्पसमा रहेका व्यक्तिहरू भएको देखाएको छ ।

भारत सरकारले एयर इण्डिया दुर्घटनाको छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

जसको नेतृत्व गृह सचिवले गर्नेछन् भने यसमा राज्य र केन्द्र सरकारका सहसचिव पदभन्दा कमका प्रतिनिधिहरू हुनेछन् ।

समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन प्रकाशित गर्नेछ ।

पश्चिमी भारतीय शहर अहमदाबादबाट लण्डनका लागि उडान भरेको एयर इण्डियाको बोइङ ७८७–८ विमान एआई–१७१ बिहीबार उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो ।

जसमा २ सय ४१ जनाको मृत्यु भएको थियो भने एक जना मात्र बाँच्न सफल भएका छन् ।

प्रकाशित मिति २०८२ असार १ गते आइतबार ०९:५३
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४