२०८३ असोज २६ गते सोमबार

माओवादीले छेपारो झैँ रङ फे¥यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा

माओवादीले छेपारो झैँ रङ फे¥यो, हामी सदन चल्न दिँदैनौँः राप्रपा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १ गते आइतबार १२:३८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग...

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानविन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गृहमन्त्री रमेश लेखकले संसदमा शुक्रवार सम्बोधनका क्रममा धम्कीपूर्ण रुपमा प्रश्तुत भएको बताए ।

उनले राप्रपाले मानव बेचबिखनको अनुसन्धान चाहेको बताए । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्ने जिकिर गरे ।

उनले भने, ‘गृहमन्त्रीजी धम्कीपूर्ण भाषामा प्रश्तुत हुनुभयो । हामी मानव बेचविखनको अनुसन्धान चाहन्छौँ । यसको विरुद्धमा छानविन समिति बन्नुपर्छ । छानविन समिति नबन्दासम्म विरोधका कार्यक्रम जारी राख्छौँ । अहिलेका गृहमन्त्री लगायत यसअघिका गृहमन्त्री पनि छानविनको दायरामा आउनुपर्छ । गृहमन्त्रालय र सरकारले छानविन समिति नबनाएसम्म छानविन समितिको माग गर्दै विरोधका कार्यक्रम जारी राख्छौँ ।’

प्रमुख सचेतक शाहीले माओवादीले छेपारो झैँ रङ फेरेको आरोप लगाउँदै माओवादीसँग सहकार्य गरेर संसदका काम कारबाहीमा आफूहरु अघि नबढ्ने स्पष्ट पारे ।

प्रकाशित मिति २०८२ असार १ गते आइतबार १२:३८
हजुरको प्रतिक्रिया