२०८३ साउन २१ गते बिहीबार

कम्बोडियासँगको सीमा बन्द गरेका छैनौँः थाइ प्रधानमन्त्री

कम्बोडियासँगको सीमा बन्द गरेका छैनौँः थाइ प्रधानमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार ३ गते मंगलबार ०९:३५

यसैबीच कम्बोडियाली सिनेटका अध्यक्ष सम्देच टेको हुन सेनले थाइल्याण्डले सीमा नाकामा सञ्चालनलाई सामान्य नबनाए २४ घण्टा भित्रबाट तरकारी र फलफूलको आयातमा प्रतिवन्ध लगाउने चेतावनी दिएका छन् ।

एजेन्सी\सिन्ह्वा ।

थाई प्रधानमन्त्री पेटोङटार्न शिनावात्राले थाईल्याण्डले कम्बोडियासँगको आफ्नो सीमा बन्द नगरेको बताएकी छिन् ।

विकसित परिस्थिति र सुरक्षा आवश्यकताहरूको आधारमा केही सीमा नियन्त्रण उपायहरू मात्र लिएको शिनावात्राले बताएकी हुन् ।

पेटोङटार्नले थाई–कम्बोडियाली सीमा खुला रहने तर सुरक्षा मूल्याङ्कनको आधारमा क्रसिङहरूमा खुल्ने समय समायोजन गरिएको र थाई पक्षले कम्बोडियाली पक्षसँग कुराकानी गरेको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यसैबीच कम्बोडियाली सिनेटका अध्यक्ष सम्देच टेको हुन सेनले थाइल्याण्डले सीमा नाकामा सञ्चालनलाई सामान्य नबनाए २४ घण्टा भित्रबाट तरकारी र फलफूलको आयातमा प्रतिवन्ध लगाउने चेतावनी दिएका छन् ।

प्रकाशित मिति २०८२ असार ३ गते मंगलबार ०९:३५
हजुरको प्रतिक्रिया