पोखरा ।
पर्यटकीय शहर पोखरामा गुड्ने हरिया रङका नगर बस कालो धुवाँको मुस्लो उडाउदै हुइकिन्छन् ।
नगर बसको धुवाँको मुस्लोले पर्यटनको राजधानीवासीलाई गिज्याउँछ । दुई पांग्रे सवारीका यात्रुलाई त धुवाँको मुस्लोले छोप्छ ।
तीनै नगर बसको प्रदुषण परीक्षण गर्दा आधा फेल भएका छन् ।
शुक्रबार विहान पोखरामा गुड्ने २१ वटा नगर बसको प्रदूषण जाँच गरिएको थियो । यातायात व्यवस्था कार्यालय सवारी कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की मिलेर न्युरोड क्षेत्र हुदै गुड्ने ११ सवारी मात्रै परीक्षणमा पास भए ।
१० वटाको परीक्षण फेल भएको यातायात व्यवस्था कार्यालय ९सवारी० कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले जानकारी दिए ।
प्रदुषण जाँचमा फेल भएका बसलाई मर्मतसम्भार गरेर मात्रै चलाउन निर्देशन दिएको उनले बताए । अटेरी गरेर सवारी चलाएको पाइए २ देखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने उनको चेतावनी छ ।
पोखराका सडकमा धुवाँ उडाउदै हुँइकिने नगर बसको आतंक नै छ । तर, निरन्तर अनुगमन भने हुदैन । बीचमा मेसिन बिग्रेकाले अनुगमनमा समस्या भएको ढकालले सुनाए ।
‘ मेसिनहरु पहिलाको बिग्र पछि खरिद गर्दा चाइनाबाट आउनुपर्ने समय लाग्यो । प्राविधिक समस्याले गर्दा बीचमा रोकियो’, उनले भने ।
गत साता पनि कार्यालयले पोखराका १० वटा नगर बसको प्रदूषण जाँच गरेकोमा ६ वटा फेल भएका थिए । मर्मत गरेर पुन प्रदुषण जाँच गर्दा पास भएका छन् ।
बिहिबारको गण्डकी प्रदेश सभा बैठकमा माओवादी सांसद हरिबहादुर भण्डारीले सवारीले उडाउने कालो धुवाँबारे बोलेका थिए । त्यसको भोलिपल्टै अनुगमन भएको छ ।
‘अहिले पोखरामा नगर बस कालो न कालो धुँवाको मुस्लो उडाउँदै कुद्छन् । सेतो सर्ट लगाएर बाइक, स्कुटरमा हिँड्दा कालो धुँवाले कालो हुन्छ ।
धुँवाको मुस्लोले पर्यटकीय नगरी पोखरालाई नै बद्नानाम गराइरहेको छ भने प्रदुषणसमेत बढाइरहेको छ’, उनले भनेका थिए, ‘यस्ता बसलाई कारबाही नगर्न व्यवसायीको अराजकता अझै बढेको छ ।
निरन्तर अनुगनमन गर्दै यस्ता साधनलाई कारबाहीको दायरामा ल्याउन म सभामुखमार्फत गण्डकी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’
धूवाँको घनत्व एक सय प्रतिशत मेजर्ड हाट्र्रिज स्मोक युनिट ९एचएसयू० लाई आधार मानेर जाँच गरिने यातायात व्यवस्था कार्यालय सवारी कास्कीका मेकानिकल सुपरभाइजर सुमन शर्माले जानकारी दिए ।
एचएसयू बढी देखिएमा धुवाँ पनि बढी प्रदूषित हुने उनको भनाइ छ । नेपालमा डिजेल गाडीको हकमा ६५ भन्दा कम एचएसयू भएका सवारी प्रदूषण जाँचमा पास हुन्छन् ।
प्रकाशित मिति २०८२ असार ६ गते शुक्रबार ०४:४१




