२०८३ साउन २१ गते बिहीबार

बागलुङ नगरपालिकाको बजेट एक अर्ब ३१ करोड

बागलुङ नगरपालिकाको बजेट एक अर्ब ३१ करोड

डम्मर बुढा मगर

@Public 4K Tv

२०८२ असार १० गते मंगलबार ०८:१३

रैथाने बालीको संरक्षण, उत्पादनमा वृद्धि गर्न किसानलाई आवश्यक सीप र प्रविधिसँग जोड्ने कार्यक्रम समावेश भएको छ ।

बागलुङ ।

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ३१ करोडको बजेट ल्याएको छ ।

नगर उपप्रमुख राजु खड्काले १७ औं नगरसभाको चौथो बैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् । आगामी वर्षमा १ अर्ब ३० करोड ९५ लाख ५८ हजार ५ सय ६९ रुपैयाा विभिन्न स्रोतबाट आम्दानी हुने र सोही अनुसारको खर्चको बजेटमा प्रस्ताव गरिएको छ ।

बजेटमा बालमैत्री स्थानीय शासनको दिगोपना लगायतका कार्यक्रम बजेटमा समावेस गरिएको छ । जसका लागि २० लाख विनियोजन भएको छ । श्रम बैंक स्थापना गर्न समेत बजेट विनियोजन भएको उपप्रमुख खड्काले बताए ।

बालमैत्रीका आवश्यक सुचकहरु घोषणामा पुरा भए पनि दिगोपनामा पछिल्लो चार महिना यता शुन्य गतिविधिले सूचकहरु घट्दै गएको छ । नगर प्रमुख बसन्तकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रमसँग बजेटले त्यत्ति मेल नखाएको केही कार्यपालिका सदस्यहरुले बताए ।

नगरपालिकाको नीतिमा रैथाने बालीको संरक्षण, उत्पादनमा वृद्धि गर्न किसानलाई आवश्यक सीप र प्रविधिसँग जोड्ने कार्यक्रम समावेश भएको छ ।

बसाइँसराइका उपयोगविहीन बनेका जमिनलाई प्रयोग गर्न किसानलाई प्रोत्साहन गरि ‘एक वडा, एक उत्पादन’लाई प्राथमिकता दिई पकेट कार्यक्रम सञ्चालन गरिने नीतिमा उल्लेख छ । कृषि उत्पादनको बजारीकरणको लागि कृषि बजार स्थापना गर्ने भएको छ ।

प्रकाशित मिति २०८२ असार १० गते मंगलबार ०८:१३
हजुरको प्रतिक्रिया