२०८३ कात्तिक ११ गते मंगलबार

दिल्लीको कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु

दिल्लीको कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १२ गते बिहीबार १०:१७

आगलागिमा परि कारखानाभित्र काम गर्ने तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
घाइतेहरूलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ ।

एजेन्सी\सिन्ह्वा ।

उत्तर–पश्चिम दिल्लीको रिथला क्षेत्रमा रहेको प्लास्टिकको कारखानाभित्र भीषण आगलागी भएको छ ।

आगलागिमा परि कारखानाभित्र काम गर्ने तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दिल्ली अग्निशमन सेवाका एक वरिष्ठ अधिकारीले यसबारे जानकारी गराएको अन्तर्राष्ट्रिय समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ । पीडितहरू सबै कारखानामा कार्यरत कामदारहरू थिए ।

आगलागी यति ठूलो थियो कि १६ वटा दमकल घटनास्थलमा पठाउनुपरेको थियो ।

अग्निशमन विभागले आगलागी पछिको खोजी कार्यको क्रममा घटनास्थलबाट तीनवटा जलेका शवहरू बरामद गरेको छ ।

आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

प्रकाशित मिति २०८२ असार १२ गते बिहीबार १०:१७
हजुरको प्रतिक्रिया