२०८३ असोज २७ गते मंगलबार

हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैनः कृषिमन्त्री अधिकारी

हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान सक्दैनः कृषिमन्त्री अधिकारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १५ गते आइतबार १२:२१

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आईतवार २२ औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले...

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।

आईतवार २२ औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले पछिल्लो समय जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्ने गरेको बताए।

सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच विकास भइरहेको भन्दै यस्तो सोच राख्न नहुने जिकिर गरे ।

उनले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए । आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेकोबताए ।

मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको उल्लेख गरे ।

असार र साउनमा मलको धेरै समस्या हुने हो की भन्ने चिन्ता लागेको भएपनि र पर्याप्त नभएपनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको बताए। मलका कारणले रोपाईं गर्न पाइन भन्ने किसिमको सोच नराख्न आग्रह गरे ।

आगामी दिनमा सहज ढंगबाट मल प्राप्त गर्ने बताए ।

मन्त्री अधिकारीले भने, ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्छौँ । सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन । त्यो सम्भावना कति रहला आफ्नो ठाउँमा । अहिले समय परिवर्तन भएको छ । जमानामा पनि परिवर्तन आएको छ । राम्रो नहोला, मिठो नहोला, गिलो होला तर चैते धानको जस्तो मिठो खाना अन्यत्र पाउन सक्दैनौँ । चिसो हुँदा मुछ्न गाह्रो, मन तातो हुँदा त्यो भन्दा मिठो र स्वादिलो अरु हुँदैन । कृषि मन्त्रालयसँग अनगन्ति समस्या छ ।’

मन्त्री अधिकारीले किसानको मागहरु सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा धानमाआत्मनिर्भर हुनेबताए । असार १५ गते (आज) राष्ट्रिय धान दिवस मनाइँदैछ ।

प्रकाशित मिति २०८२ असार १५ गते आइतबार १२:२१
हजुरको प्रतिक्रिया