२०८३ कात्तिक ११ गते मंगलबार

ट्रम्पद्वारा सिरियामाथिका अधिकांश प्रतिवन्धहरू अन्त्य गर्ने आदेशमा हस्ताक्षर

ट्रम्पद्वारा सिरियामाथिका अधिकांश प्रतिवन्धहरू अन्त्य गर्ने आदेशमा हस्ताक्षर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १७ गते मंगलबार १०:१५

यो देशको स्थिरता र शान्तिको मार्गलाई प्रवद्र्धन र समर्थन गर्ने प्रयासमा रहेको बताइएको छ । आदेशले पूर्व राष्ट्रपति असदमाथिको प्रतिवन्धहरू कायम राख्दै सिरियामाथिको प्रतिवन्धहरू हटाउने बताइएको छ ।

एजेन्सी\सिन्ह्वा ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सिरियामाथिका अधिकांश प्रतिवन्धहरू समाप्त गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपतिले सिरियामाथिको संयुक्त राज्य अमेरिकाको प्रतिवन्ध कार्यक्रम समाप्त गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् ।

यो देशको स्थिरता र शान्तिको मार्गलाई प्रवद्र्धन र समर्थन गर्ने प्रयासमा रहेको बताइएको छ । आदेशले पूर्व राष्ट्रपति असदमाथिको प्रतिवन्धहरू कायम राख्दै सिरियामाथिको प्रतिवन्धहरू हटाउने बताइएको छ ।

आदेश पछि अवस्थित सिरिया प्रतिवन्ध कार्यक्रम सिर्जना गर्ने पाँच कार्यकारी आदेशहरू तत्काल खारेज गरिएको छ ।

जबकि राज्य विभागले सिजर ऐन अन्तर्गत प्रतिवन्धहरूको १८०–दिनको छुट जारी गरिएको छ ।

सिरियामा ५४ वर्षे असदको शासन डिसेम्बर ८, २०२४ मा समाप्त भएको थियो ।

प्रकाशित मिति २०८२ असार १७ गते मंगलबार १०:१५
हजुरको प्रतिक्रिया