२०८३ कात्तिक ११ गते मंगलबार

तापक्रम बढ्दै जाँदा इंग्ल्याण्डमा स्वास्थ्य शतर्कता अपनाइँदै

तापक्रम बढ्दै जाँदा इंग्ल्याण्डमा स्वास्थ्य शतर्कता अपनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १८ गते बुधबार १०:०८

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप–स्वास्थ्य शतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ ।
जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा पुगेको छ । जसले गर्दा यो मेक्सिको, बार्बाडोस र जमैका जस्ता बिदा मनाउने ठाउँहरू भन्दा पनि तातो छ ।

एजेन्सी\सिन्ह्वा ।

बेलायतमा लामो समयदेखि गर्मीको लहर जारी रहँदा धेरै भागहरूमा स्वास्थ्य शतर्कता अपनाइएको छ ।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप–स्वास्थ्य शतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ ।

जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा पुगेको छ । जसले गर्दा यो मेक्सिको, बार्बाडोस र जमैका जस्ता बिदा मनाउने ठाउँहरू भन्दा पनि तातो छ ।

मौसम कार्यालयकाअनुसार सोमबार र मंगलबारसम्म तातो मौसम जारी रहने पूर्वानुमान गरिएको छ ।

केही मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम ३४ वा ३५ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ ।

यदि यस्तो भयो भने १९३० पछि बेलायतमा जुनको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा बढी भएको यो चौथो पटक मात्र हुनेछ ।

यद्यपि १९७६ मा स्थापित ३५.६ डिग्री सेल्सियसको जुनको रेकर्ड तोडिने अपेक्षा गरिएको छैन । गत आईतबार दक्षिणपूर्वी इंग्ल्याण्डका केही भागहरूमा ३१ डिग्री सेल्सियस पुगेको थियो ।

मौसम–स्वास्थ्य चेतावनी प्रणालीअन्तर्गत एम्बर अलर्टको अर्थ सम्पूर्ण स्वास्थ्य सेवामा मौसमी प्रभावहरू महशुस हुने सम्भावना छ ।

यसैबीच युरोपभरि तिब्र तापक्रम रेकर्ड गरिएको छ ।

दक्षिणी स्पेनको एन्डालुसियामा शनिबार ४६ डिग्री सेल्सियस तापक्रम देखिएको थियो भने आईतवार मध्य पोर्चुगलको मोरा शहरमा ४६.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर र अत्यधिक तापक्रम बढ्दो र घातक बन्दै गएको छ ।

प्रकाशित मिति २०८२ असार १८ गते बुधबार १०:०८
हजुरको प्रतिक्रिया