२०८३ कात्तिक ११ गते मंगलबार

इण्डोनेसियामा डुंगा पल्टिँदा ४ जनाको मृत्यु, २३ जनाको उद्धार

इण्डोनेसियामा डुंगा पल्टिँदा ४ जनाको मृत्यु, २३ जनाको उद्धार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार १९ गते बिहीबार ०९:४२

बुधबार राति भएको दुर्घटनामा बाँकी ३८ जना यात्रु बेपत्ता भएका छन् ।
बालीस्थित रिसोर्ट टापुबाट करिब ५० किलोमिटर टाढा रहेको अर्को टापु जाँदै गरेको फेरी डुंगा डुबेको हो ।

एजेन्सी\सिन्ह्वा ।

इन्डोनेसियाको बालीमा ६५ यात्रु बोकेको फेरी डुंगा डुब्दा त्यसमा सवार ४ जनाको मृत्यु भएको छ भने २३ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

बुधबार राति भएको दुर्घटनामा बाँकी ३८ जना यात्रु बेपत्ता भएका छन् ।

बालीस्थित रिसोर्ट टापुबाट करिब ५० किलोमिटर टाढा रहेको अर्को टापु जाँदै गरेको फेरी डुंगा डुबेको हो ।

यो फेरि भनिने गाडीहरु बोक्ने डुंगामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य रहेको बताइएको छ ।

यस्तै डुंगामा १४ वटा ट्रकसहित २२ वटा गाडी अर्को टापुमा लगिँदै थियो ।

डुंगा दुर्घटनामा बेपत्ता भएका बाँकी यात्रुको जिवित्तै उद्धारको सम्भावना कम रहेको अधिकारीहरुले जनाएका छन् ।

१७ हजार टापुहरु रहेको इन्डोनेसियामा यस्ता दुर्घटना नियमित रुपमा भइरहने गरेको अधिकारीहरु बताउँछन् ।

सन् २०२२ मा नुसा टेंगारा प्रान्तमा ८ सय जना यात्रु सवार यस्तै गाडीहरु बोक्ने डुंगा अनियन्त्रित भएको थियो । तर त्यतिबेला सबै सकुसल रहेका थिए ।

सन् २०१८ मा सुमात्रा टापुमा यस्तै दुर्घटना डुब्दा १ सय ५० जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति २०८२ असार १९ गते बिहीबार ०९:४२
हजुरको प्रतिक्रिया