२०८३ कात्तिक १२ गते बुधबार

मन्त्रिपरिषद् पुनर्गठनपछि थाई राजाद्वारा नयाँ मन्त्रीहरूलाई शपथग्रहण

मन्त्रिपरिषद् पुनर्गठनपछि थाई राजाद्वारा नयाँ मन्त्रीहरूलाई शपथग्रहण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २० गते शुक्रबार १०:१७

उपप्रधानमन्त्री सुरिया जुआङ ग्रुङरु आङकिटले कार्यवाहक प्रधानमन्त्रीको रूपमा आफ्नो हैसियतमा १४ जना नवनियुक्त र पुनर्नियुक्त मन्त्रीहरूलाई राजासमक्ष निष्ठाको शपथग्रहण गराएका हुन् ।

एजेन्सी\सिन्ह्वा ।

थाईल्याण्डका राजा महा वजिरालोङकोर्नले यस हप्ताको शुरुमा मन्त्रीहरूको शाही अनुमोदनपछि बिहीवार नयाँ मन्त्रिपरिषद्को शपथग्रहण गराएका छन् ।

उपप्रधानमन्त्री सुरिया जुआङ ग्रुङरु आङकिटले कार्यवाहक प्रधानमन्त्रीको रूपमा आफ्नो हैसियतमा १४ जना नवनियुक्त र पुनर्नियुक्त मन्त्रीहरूलाई राजासमक्ष निष्ठाको शपथग्रहण गराएका हुन् ।

नैतिकता अनुसन्धानको लागि संवैधानिक अदालतले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नबाट निलम्वन गरेकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई पहिले संस्कृति मन्त्रीको रूपमा दोब्बर नियुक्त गरिएपछि समारोहमा उपस्थित भएकी थिइन् ।

गत महिना ३६ जना सिनेटरहरूको समूहले पेटोङटार्नलाई पदबाट बर्खास्त गर्न अदालतमा निवेदन दिएका थिए ।

कम्बोडियासँगको सीमा मुद्दाहरूमा चुहावट भएको टेलिफोन वार्तासँग सम्बन्धित गम्भीर नैतिक उल्लंघनको आरोप लगाउँदै उनलाई पदबाट बर्खास्त गर्न माग गरेका थिए ।

प्रकाशित मिति २०८२ असार २० गते शुक्रबार १०:१७
हजुरको प्रतिक्रिया