२०८३ साउन २१ गते बिहीबार

लगातार तीन दिन सार्वजनिक बिदा

लगातार तीन दिन सार्वजनिक बिदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ५ गते शनिबार ०९:४३

पाेखरा । आजदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । शनिबार, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो । सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि...

पाेखरा । आजदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । शनिबार, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो ।

सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो ।

तर यो बिदा काठमाण्डौं बाहिर भने नेवार समुदायले मात्र पाउने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति २०७८ भदौ ५ गते शनिबार ०९:४३
हजुरको प्रतिक्रिया