२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा अझै ५ हजार ३६४ सक्रिय संक्रमित

गण्डकीमा अझै ५ हजार ३६४ सक्रिय संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ५ गते शनिबार ०५:३७

पाेखरा ।  गण्डकी प्रदेशमा अझै ५ हजार ३६४ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेशभर कुल २ लाख ९८ हजार २५५ जनाकाे परिक्षण भएकाे र साे संख्याकाे परिक्षणबाट हालसम्म ७८ हजार ४६९ जना संक्रमित भेटिएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले...

सनिबार थप ६ जनाकाे ज्यान गयाे

पाेखरा ।  गण्डकी प्रदेशमा अझै ५ हजार ३६४ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेशभर कुल २ लाख ९८ हजार २५५ जनाकाे परिक्षण भएकाे र साे संख्याकाे परिक्षणबाट हालसम्म ७८ हजार ४६९ जना संक्रमित भेटिएकाे प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।

प्रदेशभर हालसम्म कुल ७१ हजार ८७३ जना निकाे भएर घर फर्किएका छन् भने काेराेनाका कारण याे प्रदेशका १ हजार २३२ जनाले ज्यान गुमाइसकेका छन् ।

यसैगरि,सनिबार प्रदेशभर थप ६ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा पाेखरा महानगरपालिकाका ४ जना, रूपा गाउँपालिकाका १ जना तथा तनहुँकाे म्याग्दे गाउँपालिकाका १ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

सनिबार प्रदेशमा कुल १ हजार १० जनाकाे परिक्षण भएकाे र साे संख्याकाे परिक्षणबाट ३१९ संक्रमित भेटिएकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सनिबार संक्रमित हुनेहरूमा सर्वाधिक धेरै कास्कीका १७३ जना रहेका छन् । गारेखाका ४७ जना संक्रमित बन्दा, स्याङ्जा र तनहुँका समान २३ जना तथा लमजुङ र नवलपरासीका समान १७ जना संक्रमित बनेका छन् । अन्य संक्रमितहरूमा म्याग्दीका ५ जना, बाग्लुङका १३ जना पर्वतका १ जना रहेका छन् ।

प्रकाशित मिति २०७८ भदौ ५ गते शनिबार ०५:३७
हजुरको प्रतिक्रिया