२०८३ कात्तिक ११ गते मंगलबार

कंगोमा हैजाको प्रकोप उच्च

कंगोमा हैजाको प्रकोप उच्च

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असार २८ गते शनिबार ११:३५

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताएका छन् । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको भन्दै उनले देशभर ३३ हजार भन्दा बढी...

एजेन्सी ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ ।

संक्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताएका छन् । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको भन्दै उनले देशभर ३३ हजार भन्दा बढी बिरामीहरु रेकर्ड गरिएको उनले बताए । जसको मृत्युदर २ प्रतिशत रहेको छ । विश्व स्वास्थ्य संगठनकाअनुसार २०२५ को केस गणनाले २०२४ को कुल ३१ हजार ७ सय ४९ पार गरिसकेको छ । देशका २६ प्रान्तहरू मध्ये १७ सम्म प्रभावित भएका छन् ।

१७ लाखभन्दा बढी मानिसहरू बसोवास गर्ने राजधानी किन्शासामा हाल हप्तामा लगभग १३० नयाँ केसहरू दर्ता भइरहेका छन् । सरकारले किन्शासामा नयाँ उपचार केन्द्रहरू खोल्दै पुष्टि भएका बिरामीहरूलाई निःशुल्क हेरचाह प्रदान गर्दैछ ।

प्रकाशित मिति २०८२ असार २८ गते शनिबार ११:३५
हजुरको प्रतिक्रिया