२०८३ साउन २१ गते बिहीबार

नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो

नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १ गते बुधबार ०३:२६

काठमाडौ । नेपाल कानून आयोगले नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिएको छ । बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१...

काठमाडौ ।
नेपाल कानून आयोगले नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याउनुपर्नेमा जोड दिएको छ ।
बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो ।
आयोगको तर्फबाट बोल्दै आयोगका सहसचिव शंकरबहादुर केसीले मूल ऐनमा नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी ऐन नै नयाँ ल्याउनुपर्ने आफूहरुको धारणा रहेको बताए ।
नयाँ ऐन ल्याएको भए उपयुक्त आयोगको सुझाव रहेको उनको भनाइ छ ।
उनले अनुसन्धान परिषद्को व्यवस्था कसको लागि गर्ने भन्नेकुरामा स्पष्ट हुन जरुरी रहेको बताए ।
उनले भने , ‘नेपाल कानून व्यवसायी परिषद् २०५० मा जम्मा २९ वटा दफा रहेका छन् । २१ दफामा संशोधन आएको छ । यसको टोटल दफा भनेको २९ वटा हो । मूल ऐनमा नेपाल कानून व्यवसायी परिषद् सम्बन्धी ऐन नै नयाँ ल्याउनुपर्ने थियो भन्ने हामीलाई लाग्छ । नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो भन्ने लाग्छ ।’
परिषद्मा १५ जना सदस्य राख्ने कुरा समावेशी र सही रहेको बताए ।

 

प्रकाशित मिति २०८२ साउन १ गते बुधबार ०३:२६
हजुरको प्रतिक्रिया