२०८३ कात्तिक ११ गते मंगलबार

गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु

गाजामा सहायता केन्द्रमा भएको आक्रमणबाट २१ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ३ गते शुक्रबार १०:५०

एजेन्सी । दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । मृत्यु हुनेमध्ये १५ जनाको मृत्यु भीडमा ग्यास छरेपछि भएको भागदौडका...

एजेन्सी ।

दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको सहायता वितरण केन्द्रमा २१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको गाजास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

मृत्यु हुनेमध्ये १५ जनाको मृत्यु भीडमा ग्यास छरेपछि भएको भागदौडका कारण निसास्सिएर भएको स्वास्थ्य अधिकारीहरूले एक विज्ञप्तिमा बताएका छन् । पहिलो पटक, सहायता वितरण केन्द्रहरूमा नागरिकहरूमा निसास्सिएर र गम्भीर भागदौडका कारण मृत्यु भएको हो । अमेरिका समर्थित गाजा मानवीय फाउन्डेसनका अनुसार भीडमा आन्दोलनकारीहरूले ग्यास छर्किएका थिए ।

कमजोर व्यवस्थापन र सञ्चालन कारण यस्ता दुर्घटना हुने गरेको अध्ययन टोलीको निष्कर्ष छ ।

प्रकाशित मिति २०८२ साउन ३ गते शुक्रबार १०:५०
हजुरको प्रतिक्रिया