२०८३ साउन २१ गते बिहीबार

पाेखरामा माछा मार्नेक्रममा खोलाले बगाउँदा एकजनाकाे ज्यान गयाे

पाेखरामा माछा मार्नेक्रममा खोलाले बगाउँदा एकजनाकाे ज्यान गयाे

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ९ गते बुधबार ०१:१६

पोखरा । पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -२९ स्थित बरुवा खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर पोखरा -३१ खूदी बस्ने ५० वर्षीय धन बहादुर गुरुङको मृत्यु भएको...

पोखरा । पोखरामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार दिउँसो अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -२९ स्थित बरुवा खोलामा माछा मार्ने क्रममा खोलाले बगाएर पोखरा -३१ खूदी बस्ने ५० वर्षीय धन बहादुर गुरुङको मृत्यु भएको हो ।

गुरुङलाई खोलाले बगाएको सूचना लगत्तै इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनीको कमाण्डमा खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी ५ किलोमिटर तल सोही वडाको मुसेटुडा भन्ने स्थानमा मृत अवस्थामा फेला पारेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

घटनाकाे थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए।

प्रकाशित मिति २०७८ भदौ ९ गते बुधबार ०१:१६
हजुरको प्रतिक्रिया