२०८३ कात्तिक ११ गते मंगलबार

हङकङमा आँधीको चेतावनी जारी

हङकङमा आँधीको चेतावनी जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ६ गते सोमबार ११:३६

एजेन्सी । हङकङ अब्जर्भेटरीले विफा नजिकिँदै गरेको भन्दै शिर्ष स्तरको आँधी आउने चेतावनी जारी गरेको छ । यसको अर्थ ११८ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा हावा चल्ने अनुमान गरिएको छ । आँधी संकेत नम्बर १० केही समयको लागि लागू रहने...

एजेन्सी ।

हङकङ अब्जर्भेटरीले विफा नजिकिँदै गरेको भन्दै शिर्ष स्तरको आँधी आउने चेतावनी जारी गरेको छ ।

यसको अर्थ ११८ किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा हावा चल्ने अनुमान गरिएको छ । आँधी संकेत नम्बर १० केही समयको लागि लागू रहने अनुमान गरिएको छ । आँधीका कारण हङकङ विशेष प्रशासनिक क्षेत्रमा धेरै सार्वजनिक सेवाहरू र गतिविधिहरू निलम्वित गरिएको छ । उल्लेखनीय संख्यामा उडानहरू रद्ध गरिएका छन् । मानिसहरूलाई प्रतिकुल मौसमबाट टाढा रहन आग्रह गरिएको छ ।

यसअघिको आँधी संकेत नम्बर १० सेप्टेम्बर २०२३ मा आएको सुपर आँधी साओलाको प्रभावमा जारी गरिएको थियो ।

प्रकाशित मिति २०८२ साउन ६ गते सोमबार ११:३६
हजुरको प्रतिक्रिया