२०८३ साउन २१ गते बिहीबार

ओस्लोको सपिङ मलमा भएको गोलीकाण्डमा एक पक्राउ

ओस्लोको सपिङ मलमा भएको गोलीकाण्डमा एक पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ६ गते सोमबार ११:५५

एजेन्सी । नर्वेजियन प्रहरीले पूर्वी ओस्लोको ट्वेटा सेन्टर सपिङ मलमा भएको गोलीकाण्डको घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् । एक पत्रकार सम्मेलनमा ओस्लो प्रहरी जिल्लाका नट लुत्रोले संदिग्ध...

एजेन्सी ।

नर्वेजियन प्रहरीले पूर्वी ओस्लोको ट्वेटा सेन्टर सपिङ मलमा भएको गोलीकाण्डको घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । जसमा एक जना गम्भीर घाइते भएका छन् ।

एक पत्रकार सम्मेलनमा ओस्लो प्रहरी जिल्लाका नट लुत्रोले संदिग्ध बन्दुकधारी, २० वर्षको उमेरका रहेको जानकारी गराएका छन् । एक व्यक्तिले आईतवार स्थानीय समय अनुसार दिउँसो १ बजे आत्मसमर्पण गरेका थिए । उनी अहिले प्रहरी हिरासतमा छन् । संदिग्ध व्यक्ति पूर्वी नर्वेमा बसोवास गर्ने तर नर्वेजियन नागरिक नभएको बताइएको छ ।

दुई समूहहरू बीचको झडप हिंसामा परिणत भएपछि शनिवार दिउँसो गोलीकाण्ड भएको थियो ।

प्रकाशित मिति २०८२ साउन ६ गते सोमबार ११:५५
हजुरको प्रतिक्रिया