२०८३ कात्तिक ११ गते मंगलबार

असार महिनामा मात्रै झण्डै ३ हजार सवारी दुर्घटना

असार महिनामा मात्रै झण्डै ३ हजार सवारी दुर्घटना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन ७ गते मंगलबार ०७:३९

प्रहरीका अनुसार १२ करोड ८ लाख ४२ हजार ७३८ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

काठमाडौं ।

नेपाल प्रहरीका अनुसार असार महिनामा मात्र देशभर २ हजार ९२२ वटा सवारी दुर्घटना भएका छन् ।

ती दुर्घटनामा ४ हजार ४२८ सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार ती दुर्घटनामा परेर २ सय ३९ जनाको मृत्यु भएको छ भने ४ हजार ११६ जना घाइते भएका छन् ।

तीमध्ये गम्भीर घाइतेको सङ्ख्या ६२५ रहेको जनाइएको छ । प्रहरीका अनुसार असार महिनामा सबैभन्दा धेरै दुर्घटनामा पर्ने सवारीसाधन मोटरसाइकल रहेको छ । दुर्घटना हुने दर साँझ ६ बजेदेखि राति १२ बजेसम्म बढी देखिएको छ । मुख्य दुर्घटनाको कारण तीव्र गतिमा सवारी चलाउनु रहेको प्रहरीले जनाएको छ ।

त्यसका साथै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने, सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभई सवारी चलाउने, बाटो काट्दा र ओभरटेक गर्दा सचेत नहुनुले पनि दुर्घटना बढाएको जनाइएको छ ।

प्रहरीका अनुसार असारमा मात्र १ लाख ५२ हजार ४९८ जनालाई कारबाही गरी १२ करोड ८ लाख ४२ हजार ७३८ रुपैयाँ राजस्व संकलन गरिएको छ ।

प्रकाशित मिति २०८२ साउन ७ गते मंगलबार ०७:३९
हजुरको प्रतिक्रिया