२०८३ साउन २१ गते बिहीबार

उत्तरी चीनको खानी प्लान्टमा ६ जना विद्यार्थीको मृत्यु

उत्तरी चीनको खानी प्लान्टमा ६ जना विद्यार्थीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १० गते शुक्रबार ०९:३३

अध्ययन अवलोकनकै क्रममा ग्रिड प्लेट भत्किएको हो । जसले गर्दा उनीहरू फ्लोटेशन सेलमा डुबेका थिए ।
सबैलाई सेलबाट उद्धार गरिए पनि पछि चिकित्सा कर्मचारीहरूले मृत घोषित गरेका हुन् ।

एजेन्सी\सिन्ह्वा ।

उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रमा रहेको तामा–मोलिब्डेनम अयस्क–ड्रेसिङ प्लान्टमा फ्लोटेशन सेलमा खसेर ६ जना विश्वविद्यालयका विद्यार्थी डुबेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अध्ययन भ्रमणको क्रममा त्यहाँ पुगेका विद्यार्थीको डुबेर मृत्यु भएको नगरपालिका आपतकालीन व्यवस्थापन ब्युरोले जनाएको ।

ब्युरोका अनुसार हुलुनबुइरमा रहेको चाइना नेशनल गोल्ड ग्रुप कम्पनी लिमिटेड अन्तर्गतको खानी कम्पनीद्वारा सञ्चालित प्लान्टमा दुर्घटना भएको हो ।

उत्तरपूर्वी विश्वविद्यालयमा पढ्ने सबै विद्यार्थी फ्लोटेशन प्रक्रियाहरू अवलोकन गरिरहेका थिए ।

अध्ययन अवलोकनकै क्रममा ग्रिड प्लेट भत्किएको हो । जसले गर्दा उनीहरू फ्लोटेशन सेलमा डुबेका थिए ।

सबैलाई सेलबाट उद्धार गरिए पनि पछि चिकित्सा कर्मचारीहरूले मृत घोषित गरेका हुन् ।

घटनामा एक शिक्षक पनि घाइते भएका छन् ।

प्रकाशित मिति २०८२ साउन १० गते शुक्रबार ०९:३३
हजुरको प्रतिक्रिया