२०८३ साउन २१ गते बिहीबार

काेराेना अपडेट : पाेखराका ६ जनासहित गण्डकीमा थप ९ जनाकाे निधन

काेराेना अपडेट : पाेखराका ६ जनासहित गण्डकीमा थप ९ जनाकाे निधन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १० गते बिहीबार ०६:५५

पाेखरा । बिहीबार काेराेना भाइरसकाे संक्रमणका कारण गण्डकी प्रदेशमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ ।  मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, पर्वतका एक जना, म्याग्दीका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका विभिन्न वडाका छ जना...

थप ३२८ जनामा कोरोना पुष्टि

पाेखरा । बिहीबार काेराेना भाइरसकाे संक्रमणका कारण गण्डकी प्रदेशमा थप नौ जनाको मृत्यु पुष्टि भएको छ ।  मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, पर्वतका एक जना, म्याग्दीका एक जना र कास्की जिल्ला पोखरा महानगरपालिकाका विभिन्न वडाका छ जना रहेकाे स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएकाे छ ।

याे सहित गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २६८ पुगेको छ।

बिहीबार ज्यान गुमाउनेहरूमा पाेखरा महानगरपालिका वडा नं. २६ का ५८ बर्षिय १ पुरूष, पाेखरा- १६ की ७९ बर्षिय १ महिला, पाेखरा-१३ की ४३ बर्षिय १ महिला, पाेखरा- १४ कि ६८ बर्षिय १ महिला, पाेखरा- ३२ कि ४२ बर्षिय १ महिला, पाेखरा – १३ का ९२ बर्षिय १ पुरूष रहेकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस्तै, तनहुँकाे शुक्लागण्डकी नगरपालिका- ११ का ३३ बर्षिय पुरूष, पर्वतकाे माेदी गाउँपालिका- ५ की ६६ बर्षिय एक महिला, म्याग्दी जिल्ला बेनी नगरपालिका- ६ का एक पुरूषकाे ज्यान गएकाे हाे ।

यहि अवधीमा गण्डकीका थप ३२८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२३२ जनामा गरिएको नमुना परीक्षणमा थप ३२८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९८ जना, तनहुँका १२ जना, गोरखाका १८ जना, लमजुङका १४ जना र नवलपुरका १३० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ४७ जना, पर्वतका एक जना, बागलुङका दुई जनार म्याग्दी जिल्लाका छ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८० हजार २२४ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा गण्डकीबाट ६५४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७४ हजार ८९५ पुगेको छ।

प्रकाशित मिति २०७८ भदौ १० गते बिहीबार ०६:५५

हजुरको प्रतिक्रिया