२०८३ साउन २१ गते बिहीबार

मणिपालका कर्मचारी आन्दाेलित

मणिपालका कर्मचारी आन्दाेलित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ११ गते शुक्रबार ०५:५२

पाेखरा । भारतीय लगानीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल स्थानीय व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले ३ अर्ब २५ करोड रुपैयाँमा खरिद गरेपछि त्यहाँ कार्यरत कर्मचारीहरूले आफ्नाे पेशागत सुरक्षाकाे...

पाेखरा । भारतीय लगानीको पोखरास्थित मणिपाल शिक्षण अस्पताल स्थानीय व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले ३ अर्ब २५ करोड रुपैयाँमा खरिद गरेपछि त्यहाँ कार्यरत कर्मचारीहरूले आफ्नाे पेशागत सुरक्षाकाे ग्यारेन्टी माग गर्दै अस्पताल प्रशासनसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

विगत २७ वर्षदेखि सञ्चालन भइरहेको अस्पतालमा कार्यरत कर्मचारीहरू आवद्द मणिपाल कर्मचारी यूनियन, मणिपाल स्वतन्त्र कर्मचारी यूनियन, नेपाल स्वास्थ्यकर्मी यूनियन, अखिल नेपाल स्वास्थ्य श्रमिक संघले संयुक्तरूपमा मागपत्र पेश गरेका हुन् ।

सन् १९९२ मा नेपाल सरकारसँग भएको सम्झौताअनुसार व्यवस्थापनले संस्था कसलाई हस्तान्तरण गर्न पर्ने हो ? भन्ने प्रश्न कर्मचारी युनियनले गरेको छ । उनीहरूले सम्झाैताभन्दा बाहिर गएर अस्पताल खरिदविक्री गर्दा आइपर्न सक्ने कानुनी अडचनहरूमा सचेत रहन साविक अस्पताल प्रशासनसमक्ष अनुराेध गरेका छन् ।

 यस्ता छन्, कर्मचारी यूनियनले राखेका मागहरू

-सन् १९९२ मा नेपाल सरकारसँग भएको सम्झौताअनुसार व्यवस्थापनले संस्था कसलाई हस्तान्तरण गर्न पर्ने हो ? यी कानुनी कुराहरुको निक्यौल नभई लेनदेन हुँदा आइपर्न सक्ने कानुनी र व्यावहारिक अड्चनकाबारेमा सबै सचेत रहन जरुरी छ ।

-झन्डै एक हजार कर्मचारीको उपदानको पैसा व्यवस्थापनले कहाँ के गरेको छ ? संचय कोष कहिलेसम्मको पठाएको छ ? कर्मचारीको पाउनुपर्ने ५० जनाजतिको कोरोनाको इन्सुरेन्सको पैसा दिएको, हालकै व्यवस्थापनले यथाशिघ्र भुक्तानी गरोस् ।

-जालसाजीपूर्वक आफ्नो खातामा कर्मचारी कल्याण कोषको पैसा राखेकाले कर्मचारीकोषमै फिर्ता गर्न पर्छ ।

-कर्मचारी आवासका लागी छुट्याएको कोषको रकम कर्मचारीलाई बाँड्नु पर्छ ।

-अघिल्लो महिनामै दिनुपर्ने वार्षिक ग्रेड यसै व्यवस्थापनले तुरुन्त वितरण गरोस् ।

-कर्चामरीले खाईपाई आएको सेवा सुविधा सुनिश्चित गरोस् ।

-यसै व्यवस्थापनका पालामा शुरु गरेको सामूहिक सौदाबाजीका मागहरु यही व्यवस्थापनले पूरा गर्नपर्छ ।

-अहिलेको व्यवस्थापन अन्तर्गतको लाभांश यसै व्यवस्थापनले वितरण गर्नपर्छ ।

-यदि यी मुद्दाहरुको निरुपण नगरे व्यवस्थापनले गम्भीर मूल्य चुकाउनुपर्ने कुरा समेत सबैको जानकारीका लागि अनुरोध छ ।

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०५:५२
हजुरको प्रतिक्रिया