२०८३ कात्तिक ११ गते मंगलबार

उत्तरी चीनमा पहिरो जाँदा ८ जनाको मृत्यु, ४ जना बेपत्ता

उत्तरी चीनमा पहिरो जाँदा ८ जनाको मृत्यु, ४ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १५ गते बुधबार ०९:३३

भारी वर्षाका कारण चेङ्दे शहरको लुआनपिङ काउन्टीको गाउँमा पहिरो गएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ ।

एजेन्सी\सिन्ह्वा ।

उत्तरी चीनको हेबेई प्रान्तको एक गाउँमा पहिरो जाँदा ८ जनाको मृत्यु भएको छ ।

पहिरो खसेपछि उद्धारकर्ताहरूले आठ जनाको शव निकालेका छन् भने अझै चार जना बेपत्ता रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

भारी वर्षाका कारण चेङ्दे शहरको लुआनपिङ काउन्टीको गाउँमा पहिरो गएको छ । उद्धार प्रयास जारी रहेको बताइएको छ ।

स्थानीय मौसम विज्ञान सेवाले पहिले नै जलमग्न क्षेत्रमा मंगलबार साँझ थप वर्षा हुने पूर्वानुमान गरेको थियो, जसले पहिरो र भग्नावशेष बग्ने जोखिम बढाउँछ ।

स्थानीय अधिकारीहरूले सावधानीका रूपमा सबै गाउँका बासिन्दाहरूलाई स्थानान्तरण गर्ने योजना घोषणा गरेका छन् ।

प्रकाशित मिति २०८२ साउन १५ गते बुधबार ०९:३३
हजुरको प्रतिक्रिया