२०८३ कात्तिक ११ गते मंगलबार

घानाका राष्ट्रपतिद्वारा अफ्रिकाभर समावेशी शासन र नागरिक स्वतन्त्रताको संरक्षणका लागि आग्रह

घानाका राष्ट्रपतिद्वारा अफ्रिकाभर समावेशी शासन र नागरिक स्वतन्त्रताको संरक्षणका लागि आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १५ गते बुधबार ०९:४५

महामाले अफ्रिकी नेताहरूलाई ठोस कार्यका साथ आफ्नो लोकतान्त्रिक र शासन प्रतिवद्धताहरूलाई समर्थन गर्न पनि आग्रह गरे ।

एजेन्सी\सिन्ह्वा ।

घानाका राष्ट्रपति जोन ड्रामानी महामाले अफ्रिकी नेताहरूलाई समावेशी शासन र आफ्ना नागरिकहरूको नागरिक स्वतन्त्रताको संरक्षणको लागि बलियो जग निर्माण गर्न आह्वान गरेका छन् ।

घानाको राजधानी आक्रामा आयोजित १३ औं अफ्रिकी संघको लोकतन्त्र, शासन र मानव अधिकार सम्बन्धी उच्च–स्तरीय संवादको उद्घाटनमा महामाले उक्त आह्वान गरेका हुन् ।

महामाले अफ्रिकी नेताहरूलाई ठोस कार्यका साथ आफ्नो लोकतान्त्रिक र शासन प्रतिवद्धताहरूलाई समर्थन गर्न पनि आग्रह गरे ।

युवा र सीमान्तकृत समूहहरूको विश्वास पुनर्निर्माण गर्न महादेशभर परिवर्तनकारी नेतृत्व र समावेशी विकासको आवश्यकतामा उनले जोड दिएका छन् ।

प्रकाशित मिति २०८२ साउन १५ गते बुधबार ०९:४५
हजुरको प्रतिक्रिया