२०८३ असोज २३ गते शुक्रबार

मणिपालले महानगरलाई तिर्न बाँकी झण्डै अर्बाै रूपैयाँ कर कस्ले तिर्छ ?

मणिपालले महानगरलाई तिर्न बाँकी झण्डै अर्बाै रूपैयाँ कर कस्ले तिर्छ ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ ११ गते शुक्रबार ०७:५१

खरिद विक्री सामान्य प्रकृया भएपनि मणिपाल शिक्षण अस्पतालकाे सवालमा सरकारी जग्गा, यसअघिकाे सहमति, मणिपाल र पाेखरा महानगरपालिकाविच विभिन्न शिर्षककाे कर सम्वन्धि विवादजस्ता विषयले याे खरिदविक्रीकाे चर्चा भएकाे हाे । 

कर तिर्न मणिपालकाे सधै आलटाल

पाेखरा । पोखरास्थित भारतीय लगानीको मणिपाल शिक्षण अस्पताल स्थानीय व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज ग्रुपले ३ अर्ब २२ करोड ६० लाख रुपैयाँमा यो मेडिकल कलेज खरिद खरिद गरेपछि याे विषय अहिले चर्चामा छ ।

खरिद विक्री सामान्य प्रकृया भएपनि मणिपाल शिक्षण अस्पतालकाे सवालमा सरकारी जग्गा, यसअघिकाे सहमति, मणिपाल र पाेखरा महानगरपालिकाविच विभिन्न शिर्षककाे कर सम्वन्धि विवादजस्ता विषयले याे खरिदविक्रीकाे चर्चा भएकाे हाे ।

भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप र नेपाल सरकारबीच १८ अक्टोबर १९९२ मा ४९ वर्षसम्म मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले मेडिकल कलेज सञ्चालन गर्ने र त्यसपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको थियो । अहिले उक्त सम्झाैताकाे २९ बर्ष पुगिसकेकाे छ । ४९ बर्षपछि सरकारलाई हस्तान्तरण गर्ने गरि सम्झाैता भएकाे याे अस्पताल मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले किन विक्रि गर्न खाेजिरहेकाे छ ? याे  प्रश्न पनि महत्वपूर्ण छ ।

यस मेडिकल कलेजको ४० रोपनी आफ्नै स्वामित्वको जमिनबाहेक थप १०० रोपनी जग्गा रक्षा मन्त्रालय मातहत नेपाल सरकारकाे हाे । जुन जग्गाकाे बहाल कर मणिपालले अहिलेसम्म आन्तरिक राजश्व कार्यालयमा बुझाएकाे छैन । यस्तै, मणिपालले पाेखरा १६ मा सञ्चालन गरेकाे हाेस्टेलका लागि नगर विकास प्रशिक्षण केन्द्रकाे ३८ राेपनी जग्गासमेत भाडामा लिएकाे छ । उसले साे जग्गाकाे समेत कुनैपनि कर दाखिला गरेकाे छैन । पाेखरा महानगरपालिका राजश्व शाखाका एक कर्मचारीका अनुसार मणिपालले ती जग्गामा बनाएकाे संरचना र साे संग सम्वन्धित कुनैपनि कर दाखिला गरेकाे छैन् ।   उनका अनुसार मणिपालले महानगरमा अहिलेसम्म व्यवसाय कर वापतकाे कुनैपनि रकम समेत बुझाएकाे छैन् ।

उसाे त १९९४ देखि सञ्चालनमा आएकाे याे अस्पतालले महानगरपालिकाबाट घर नक्शासमेत पास गरेकाे छैन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदनअनुसार नक्सा पास शुल्क र वातावरण शुल्कबापत मणिपालले २१ करोड ७० लाख रुपैयाँ पोखरा महानगरलाई बुझाउन बाँकी छ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष ०७८/ ०७९ सम्मकाे भूमि तथा सम्पति कर पनि मणिपालले महानगरमा बुझाउन बाँकी नै छ ।

निश्चित अवधीपछि सरकारलाइ हस्तान्तरण गर्ने गरि सम्झाैता गरेकाे मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले अहिले याे अस्पताल विक्री गर्दा उसले जग्गा भाडामा लिएकाे निकाय आकर्षित हुन्छ कि हुँदैन ? साे निकायकाे सहमति आवश्यक पर्छ कि पर्दैन ? मणिपाल शिक्षण अस्पताल रहेको सरकारी स्वामित्वको जग्गा जमिनको दायित्वकाे सवालमा समेत खरिद तथा विक्रि गर्ने दुवै पक्षबाट कुनै कुरा सार्वजनिक भएकाे छैन ।

यसाे त मणिपालले हाल पोखरा महानगरलाई बुझाउनुपर्ने सवै करहरूकाे दायित्वसमेत मणिपालकाे खरिदकर्ता बतास अर्गनाइजेसन र अटोवेज ग्रुपले वहन गर्ने बताएका छन् । तर, तिर्नुपर्ने रकमकै सन्दर्भमा महानगर र मणिपालकाे एक मत छैन् । यस्ताे अवस्थामा मणिपालले तिर्नुपर्ने कुल रकमसहित पाेखरा महानगरपालिकाकाे आधिकारिक धारणा सार्वजनिक हुनु जरूरी छ ।

प्रकाशित मिति २०७८ भदौ ११ गते शुक्रबार ०७:५१

हजुरको प्रतिक्रिया