२०८३ साउन २१ गते बिहीबार

नेपाल-चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा

नेपाल-चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन १७ गते शुक्रबार १२:००

सन् १९५५ मा नेपाल र छिमेकी मुलुक चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो |

नेपाल-चीनबिचको सम्बन्ध फराकिलो बनाउने आधार के?

कठमाडौं ।
नेपाल-चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ। तत्कालीन राजा महेन्द्रको पालामा सन् १९५५ मा नेपाल र छिमेकी मुलुक चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सन् १९५५ को बाङ्डुङ सम्मेलनका अवसरमा त्यहाँका तत्कालीन प्रधानमन्त्री चाउ एनलाईले नेपाली प्रतिनिधिमण्डलसँग भेटघाट गर्दै औपचारिक कूटनीतिक सम्बन्धस्थापना गर्ने प्रस्ताव राखे । नेपाली पक्षले उक्त प्रस्तावलाई स्वीकार गयो । सो सहमतिपछि १९५५ अगस्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएसँगै दुई देशबिचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको हो। नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध सन् १९५५ मा औपचारिक रुपमा सुरु भए पनि धेरै अघिदेखि आपसी सम्बन्ध रहेको विभिन्न दस्तावेजले देखाउँछन् । नेपाल-चीनको सम्बन्ध इसापूर्व पाँचौँ शताब्दीदेखि अस्तित्वमा रहेको विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख छ । नेपाल चाइना मिडिया फोरमले प्रकाशन गरेको ‘सुमधुर सम्बन्धका ७० साल’ नामक पुस्तकमा भनिएको छ, ‘पाँचौं शताब्दीमा प्रसिद्ध चिनियाँ यात्री फाह सिएन नेपालको रामग्राम, कपिलवस्तु र लुम्बिनीको भ्रमणपछि चीन फर्किका थिए । नेपाली राजकुमारी भृकुटी देवीको तिब्बती सम्राट सोग्त्सेन गम्पोसँग विवाह, तेहाँ शताब्दीमा नेपाली शिल्पी अरनिकोको चीन भ्रमण तथा विभिन्न समयमा चिनियाँ भिक्षु र विद्वानहरुको नेपाल आगमनले नेपाल-चीन सम्बन्धको विकासमा बलियो आधार तयार पारेका हुन् । काठमाडौँ उपत्यका स्थापना पनि चीनबाट आएका व्यक्तिले गरेको इतिहासका पानाहरुमा उल्लेख छ । चीनबाट बोधिसत्व महामञ्जुश्री काठमाडौँ आएर चोभारको खाँच काटी तालको पानी निकालेपछि बल्ल उपत्यकामा मानव बस्ती बस्न सम्भव भएको बताइन्छ । यिनै कारण नेपाल-चीनबिचको सम्बन्ध फराकिलो बनाउने आधार बनेको विश्वास छ ।

प्रकाशित मिति २०८२ साउन १७ गते शुक्रबार १२:००
हजुरको प्रतिक्रिया