२०८३ कात्तिक ११ गते मंगलबार

चीनद्वारा जिम्बाब्वेलाई खाद्य सहायता हस्तान्तरण

चीनद्वारा जिम्बाब्वेलाई खाद्य सहायता हस्तान्तरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २५ गते शनिबार १०:०३

एजेन्सी । गत वर्ष एल–निनोका कारण आएको विनाशकारी खडेरीपछि दक्षिणी अफ्रिकी देश जिम्बाब्वेको खाद्य सुरक्षा बढाउन चीनले जिम्बाब्वेलाई खाद्य सहायताको नयाँ ब्याच हस्तान्तरण गरेको छ । जिम्बाब्वेको राजधानी हरारेमा आयोजित समारोहलाई...

एजेन्सी ।

गत वर्ष एल–निनोका कारण आएको विनाशकारी खडेरीपछि दक्षिणी अफ्रिकी देश जिम्बाब्वेको खाद्य सुरक्षा बढाउन चीनले जिम्बाब्वेलाई खाद्य सहायताको नयाँ ब्याच हस्तान्तरण गरेको छ । जिम्बाब्वेको राजधानी हरारेमा आयोजित समारोहलाई सम्बोधन गर्दै जिम्बाब्वेका सार्वजनिक सेवा, श्रम तथा समाज कल्याण उपमन्त्री मर्सी दिन्हाले चीनलाई करिब ३ हजार टन चामल र गहुँ समावेश गरिएको खाद्य सहायताको लागि धन्यवाद दिएका छन् ।

आफ्नो तर्फबाट जिम्बाब्वेका लागि चिनियाँ राजदुत झोउ डिङले जिम्बाब्वेलाई खाद्य सुरक्षा प्राप्त गर्न र गरिबी न्युनिकरण गर्न मद्दत गर्ने चीनको प्रतिवद्धतालाई जोड दिए । चीनले खाद्य सुरक्षा र गरिबी न्युनिकरणका मुद्दाहरूलाई सधैं ठूलो महत्व र प्राथमिकता दिएको उनले बताए ।

प्रकाशित मिति २०८२ साउन २५ गते शनिबार १०:०३
हजुरको प्रतिक्रिया