२०८३ साउन २१ गते बिहीबार

डब्ल्युएचओद्वारा केन्यालाई ट्राइपानोसोमियासिस मुक्त घोषणा

डब्ल्युएचओद्वारा केन्यालाई ट्राइपानोसोमियासिस मुक्त घोषणा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २७ गते सोमबार १०:०३

२०१८ मा गिनी वर्म रोग–मुक्तको रूपमा देशको प्रमाणीकरण पछि मानव अफ्रिकी ट्राइपानोसोमियासिस केन्यामा उन्मूलन हुने दोस्रो उपेक्षित उष्णकटिवन्धिय रोग हो ।

एजेन्सी\सिन्ह्वा ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले केन्यालाई मानव अफ्रिकी ट्राइपानोसोमियासिस मुक्त देश घोषणा गरेको छ ।

सार्वजनिक स्वास्थ्य चुनौतीको रूपमा उन्मूलन गरेको प्रमाणित गरेको छ । जसले गर्दा यो महत्वपूर्ण उपलब्धिमा पुग्ने १० औं देश बनेको छ ।

केन्या आफ्नो जनसंख्यालाई मानव अफ्रिकी ट्राइपानोसोमियासिसबाट मुक्त गर्ने देशहरूको बढ्दो श्रेणीमा सामेल भएको छ ।

२०१८ मा गिनी वर्म रोग–मुक्तको रूपमा देशको प्रमाणीकरण पछि मानव अफ्रिकी ट्राइपानोसोमियासिस केन्यामा उन्मूलन हुने दोस्रो उपेक्षित उष्णकटिवन्धिय रोग हो ।

केन्याले २० औं शताब्दीको शुरुमा ट्राइपानोसोमियासिस रोगको पहिलो केस पत्ता लगायो ।

प्रकाशित मिति २०८२ साउन २७ गते सोमबार १०:०३
हजुरको प्रतिक्रिया