२०८३ कात्तिक ११ गते मंगलबार

अस्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने

अस्ट्रेलियाले सेप्टेम्बरमा प्यालेस्टिनी राज्यलाई मान्यता दिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २८ गते मंगलबार १०:००

सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको ८० औं महासभामा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने प्रधानमन्त्री एन्थोनी अल्बानीजले घोषणा गरेका छन् ।

एजेन्सी\सिन्हवा ।

अस्ट्रेलियाले प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने भएको छ ।

सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको ८० औं महासभामा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने प्रधानमन्त्री एन्थोनी अल्बानीजले घोषणा गरेका छन् ।

क्यानबेराको संसद भवनमा विदेश मामिलामन्त्री पेनी वोङसँगै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अल्बानीजले अस्ट्रेलियाले प्यालेस्टिनी जनताको आफ्नै राज्यको अधिकारलाई मान्यता दिने बताएका हुन् ।

मध्य पूर्वमा हिंसाको चक्र तोड्न र गाजामा द्वन्द्व, पीडा र भोकमरीको अन्त्य गर्न दुई–राज्य समाधान मानवताको उत्तम आशा भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार १०:००
हजुरको प्रतिक्रिया