२०८३ असोज २४ गते शनिबार

पोखरा २२ मा लागुऔषध दुरुपयोग नियन्त्रण तथा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

पोखरा २२ मा लागुऔषध दुरुपयोग नियन्त्रण तथा सरसफाइ सचेतना कार्यक्रम सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ साउन २८ गते मंगलबार ०३:३०

पोखरा । अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका वडा नं। २२मा वडा युवा परिषदको आयोजनामा मङ्गलबार लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइू सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। पोखरा–२२...

पोखरा ।
अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका वडा नं। २२मा वडा युवा परिषदको आयोजनामा मङ्गलबार लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइू सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ।
पोखरा–२२ भुर्तुङस्थित श्री ओखलढाँडा माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष हिमलाल बराल, विशेष अतिथि वडा सदस्य कृष्णकुमारी देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकाजी गुरुङलगायतका व्यक्तिहरूको सहभागिता थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले युवाहरूलाई लागूऔषध र मदिराजस्ता कुलतबाट टाढा रहँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे ।

उनले यस्तो सचेतनामूलक गतिविधिले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विशेष अतिथि देवकोटाले युवाहरूले आफ्नो क्षमताको सही उपयोग गरी समाजिक रूपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिए ।

प्रशिक्षण सत्रमा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपाने, प्रशिक्षक विकास पहारी र प्रसन्न बरालले क्रमशः लागुऔषध दुरुपयोगका जोखिम र निवारण मदिराको स्वास्थ्य तथा सामाजिक असर र व्यक्तिगत सरसफाइको महत्त्वू विषयमा प्रस्तुति दिएका थिए ।

सहभागी विद्यार्थीहरूलाई प्रश्न–उत्तर र अन्तर्क्रिया मार्फत सक्रिय सहभागी बनाइएको थियो।

कार्यक्रमको सञ्चालन प्रसन्न बरालले गरेका थिए भने समापन सत्रमा विद्यालयका प्राचार्य, स्थानीय अगुवा र वडा युवा परिषदका पदाधिकारीहरूले सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको मूल मन्त्र समृद्ध नेपालको लागि स्वस्थ, कर्मठ र उद्यमी युवालाई आत्मसात गर्दै, वडा युवा परिषद–२२ ले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति २०८२ साउन २८ गते मंगलबार ०३:३०
हजुरको प्रतिक्रिया