२०८३ साउन २१ गते बिहीबार

सुदूरपश्चिममा एमालेका १३ प्रदेश सभा सदस्य एकीकृत समाजवादीका पक्षमा

सुदूरपश्चिममा एमालेका १३ प्रदेश सभा सदस्य एकीकृत समाजवादीका पक्षमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १५ गते मंगलबार ०६:२६

सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा (एमाले) सांसदले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । मंगलबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा गएर उनीहरूले नयाँ पार्टीका पक्षमा सनाखत गरेका हुन्। माधवकुमार...

सुदूरपश्चिम प्रदेश सभाका १० जना नेकपा (एमाले) सांसदले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् । मंगलबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा गएर उनीहरूले नयाँ पार्टीका पक्षमा सनाखत गरेका हुन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्नेमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्री तथा प्रदेश सभा सदस्य दीर्घ सोडारीले आफूसहित तीन जना सांसदले बुधबार आयोगमा गएर सनाखत गर्ने बताए। उनीसहित अर्चना गहतराज र तारा लामा तामाङले सनाखत गर्न बाँकी छ।

५२ सदस्यीय सुदूरपश्चिमको प्रदेश सभा एमालेका २५ सांसद थिए। तीमध्ये यसअघि १८ सांसद नेपाल पक्षमा भएको बताइएको थियो।

सुदूरपश्चिमको एमालेमा उपाध्यक्ष भीम रावलको बलियो प्रभाव थियो। २०७४ को निर्वाचनमा उनले आफूनिकट धेरैलाई टिकट दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेता माधव नेपालको टकराव हुँदा रावल नेपालसँगै थिए। तर पछिल्लो समय उनी नेपालको साथ छोडेर एमालेमै बसेका छन्।

प्रकाशित मिति २०७८ भदौ १५ गते मंगलबार ०६:२६
हजुरको प्रतिक्रिया