२०८३ साउन २१ गते बिहीबार

पाेखराकाे २ स्थानबाट लागु औषधसहित ७ जना पक्राउ

पाेखराकाे २ स्थानबाट लागु औषधसहित ७ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ भदौ १६ गते बुधबार ०५:४४

पाेखरा ।  कास्की प्रहरीले लागु औषधसहित पाेखराकाे २ छुट्टाछुट्टै स्थानबाट ७ जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं -९ पृथ्बीचोक बसपार्क नजिकै शिव टोलबाट सोही स्थान निवासी ३३ वर्षीय सूर्य बहादुर गुरुङलाई अवैध लागुऔषध...

पाेखरा ।  कास्की प्रहरीले लागु औषधसहित पाेखराकाे २ छुट्टाछुट्टै स्थानबाट ७ जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -९ पृथ्बीचोक बसपार्क नजिकै शिव टोलबाट सोही स्थान निवासी ३३ वर्षीय सूर्य बहादुर गुरुङलाई अवैध लागुऔषध नुर्फिन १११ एम्पुल, फेनारगन १११ एम्पुल र डाईजेपाम १११ एम्पुल गरी जम्मा ३३३ एम्पुल लागु औषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको जनाइएको छ।

यस्तै,  पोखरा महानगरपालिका -२ अर्चलबोट बस्ने ३० वर्षीय अभिनाश शाहीसहित अन्य ६ जनालाई कास्की प्रहरी लागुपदार्थ र नगदसहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शाहीको घरमा लागु औषध सेवन गरी मानिसहहरु बसिरहेको भन्ने सूचनाका आधारमा मंगलबार दिउँसो वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ४ सय ४४ ग्राम गाँजा, ६ ग्राम १६ मिलिग्राम अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र नगद ६४ हजार ७५ रुपैयाँ लगायत डिजिटल तराजु समेत वरामद गरेको छ।

उनीहरुमाथि आवश्यक अनुसन्धन भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति २०७८ भदौ १६ गते बुधबार ०५:४४
हजुरको प्रतिक्रिया