२०८३ कात्तिक ११ गते मंगलबार

पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३ सय १३ जनाको मृत्यु

पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३ सय १३ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ३ गते मंगलबार ११:१२

एनडीएमएकाअनुसार जुन २६ मा मनसुन शुरु भएदेखि राष्ट्रव्यापी रूपमा चलिरहेको मनसुन मौसमबाट मृत्यु हुनेको संख्या ६ सय ५३ पुगेको छ ।

एजेन्सी\सिन्ह्वा ।

मुसलधारे मनसुनी वर्षाका कारण आएको बाढीपछि उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत तीन दिनमा ३ सय १३ जनाको मृत्यु भएको छ ।

बाढी र पहिरोमा परि १ सय ५० जनाभन्दा बढी अझै बेपत्ता छन् ।

बुनेर जिल्लामा अझै पनि १ सय ५० जना भग्नावशेषमा फसेको हुनसक्ने अनुमान गरिएको छ ।

जहाँ २१३ जनाको मृत्यु हुनुका साथै १२६ जना घाइते भएको पुष्टि भएको छ ।

छिमेकी शांगला जिल्लामा पनि यस्तै अवस्था रहेको बताइएको छ ।

एनडीएमएकाअनुसार जुन २६ मा मनसुन शुरु भएदेखि राष्ट्रव्यापी रूपमा चलिरहेको मनसुन मौसमबाट मृत्यु हुनेको संख्या ६ सय ५३ पुगेको छ ।

प्रकाशित मिति २०८२ भदौ ३ गते मंगलबार ११:१२
हजुरको प्रतिक्रिया