२०८३ साउन २१ गते बिहीबार

२०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी ६ सय ५१ जनाको मृत्यु

२०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी ६ सय ५१ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ६ गते शुक्रबार ०४:१४

काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताएका छन्। राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री...

काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विष्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु भएको बताएका छन्।

राष्ट्रिय सभामा सांसद मदनकुमार साहले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले यसबारे जानकारी गराएका हुन्।

मन्त्री लेखकले २ हजार ८ सय ९९ जना घाइते भएको बताए। द्वन्द्वकालीन घटनाको सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको जानकारी दिए।

उनकाअनुसार घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान गरिएको, टुहुरा बालबालिकाहरूका लागि १८ वर्षसम्म मासिक ५ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका दरले मासिक रुपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आइएको छ।

गृहमन्त्री लेखकले परिपूरण सम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम नेपाल सरकारको निर्णय बमोजिम हुने गरेको बताए।

प्रकाशित मिति २०८२ भदौ ६ गते शुक्रबार ०४:१४
हजुरको प्रतिक्रिया