२०८३ साउन २१ गते बिहीबार

आर्वामा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा अनु समुह प्रथम

आर्वामा आयोजित खुल्ला तीज गीत प्रतियोगितामा अनु समुह प्रथम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ ११ गते बुधबार ०९:४६

कार्यक्रमको उद्घाटन गर्दै पोखरा १३ का वडाध्यक्ष किरण वरालले तीज पर्व नेपाली नारीको मौलिक तथा सांस्कृतिक पर्व भएको बताए । साथै उनले यसको मौलिक पक्षको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

पोखरा ।

पोखरा महानगरपालिका वडा नं १३ आर्वामा आयोजना भएको खुल्ला तीज गीत प्रतियोगितामा अनु क्षेत्रीको समुह प्रथम भएको छ ।

नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा रतन पाण्डे युवा क्लवले आयोजना गरेको १८ औं संस्करणको प्रतियोगितामा संगीता बरालको समुह द्वितीय, पुर्णिमा बराल र सीता बरालको समुह तृतीय भएको क्लवका सचिव सन्दीप वरालले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट भेषभुषा पुर्णिमा बरालको समुह र उत्कृष्ट नृत्य अनु क्षेत्रीको समुहले प्राप्त गर्यो। विजयी समुहलाई क्लवका अध्यक्ष विजय सुनार,वडा सदस्य रजनी परियार ,संस्थापक उपाध्यक्ष धने सुनार, सदस्य दिपेन्द्र सुनार, लोकदोहोरी गायक अमर धिताल , कृष्णप्रसाद गौतम लगायतले नगद सहित प्रमाणपत्र प्रदान गरे ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा १३ का वडाध्यक्ष किरण वरालले तीज पर्व नेपाली नारीको मौलिक तथा सांस्कृतिक पर्व भएको बताए । साथै उनले यसको मौलिक पक्षको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

उनले संस्कृति संरक्षणमा स्थानीय सरकार जहिले पनि सहयोगी बन्न तयार रहेको स्पष्ट पारे ।

क्लवका अध्यक्ष विजय सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रजनी परियार, समाजसेवी शिवप्रसाद बराल, कमल सुनार, आशिर्वाद क्लव अफ नेपालका उपाध्यक्ष विक्रम बराललगायतले यस्ता कार्यक्रमले कला र संस्कृतिको विकासमा ठुलो योगदान पुर्याउने बताउँदै, क्लवलाई सक्रिय बनाएर समाज विकासमा लाग्न सुझाव दिए ।

सचिव सन्दीप वरालले संचालन गरेको कार्यक्रममा लोक दोहोरी गायक अमर धिताल, लोक तथा भजन गायक कृष्ण प्रसाद गौतमले सांगीतिक प्रस्तुती राखेर सहभागी दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
परम्परागत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षबाट नै क्लवले कार्यक्रम गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति २०८२ भदौ ११ गते बुधबार ०९:४६
हजुरको प्रतिक्रिया