पोखरा ।
कास्कीको गुरुकुल कलेज अफ म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट एण्ड टुरिजमले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि कलेजले नव आगन्तुक विद्यार्थीहरूलाई कलेज परिवारमा स्वागत गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका प्रिन्सिपल मिलन के.सी.ले विद्यार्थीहरूलाई शैक्षिक, सामाजिक तथा व्यवहारिक हरेक क्षेत्रमा सक्षम बनाउन कलेज पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
साथै उनले गुरुकुल कलेजलाई जिल्लाकै उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गरे ।
त्यस्तै कलेजकी एडभाइजर निलिसा ठकुरीले नयाँ विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरिन् ।
स्वागत कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्यसहित आफ्ना विविध प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

उनीहरूको आकर्षक प्रस्तुतिले कार्यक्रममा उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो ।
यस्ता कार्यक्रमहरूले नयाँ विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कलेजले बताएको छ ।
पोखरा–३०, पावरहाउस, लेखनाथमा अवस्थित गुरुकुल कलेजले स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा दिँदै व्यवस्थापन, होटल म्यानेजमेन्ट र पर्यटनसम्बन्धी शिक्षालाई गुणस्तरीय र व्यावहारिक बनाउन निरन्तर अग्रसरता देखाएको छ ।
यसका साथै कलेजले नयाँ शैक्षिक सत्रको शुभारम्भसँगै कलेजले थप ऊर्जा र उत्साहका साथ अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।





