२०८३ असोज २४ गते शनिबार

भदौ २१ देखि आन्दोलनमा जाने शिक्षकहरुको चेतावनी

भदौ २१ देखि आन्दोलनमा जाने शिक्षकहरुको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ १५ गते आइतबार ०१:५१

काठमाडौं । शिक्षकहरुले आईतवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रिय...

काठमाडौं ।

शिक्षकहरुले आईतवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।

नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन पनि सो पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले यसअघि नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०को केन्द्रिय कार्यालय धर्ना दिएका थिए । धर्नामा पुगेका उनीहरुले आफूहरुको माग सम्बोधन नभए भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा पनि गरेका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको मागको राजनीतिक दलहरुले सुनुवाई नगरे दोस्रो चरणको आन्दोलन शुरु हुने भन्दै त्यसका लागि तयार रहन पनि सम्पूर्ण शिक्षक, कर्मचारीलाई आह्वान गरे ।

उनले भने, ‘देशभरीका शिक्षक कर्मचारी साथीहरु दोस्रो चरणको आन्दोलनको तयारीमा छौं । हाम्रा माग, मुद्दाहरु सुनुवाई भएन भने, ऐनले बोकेर आएको भने आमी अत्यन्तै कडा २०८१र८२ को भन्दा पनि कडा आन्दोलन गर्छौं । त्यसका लागि तम्तयार रहन म शिक्षक, कर्मचारी साथीहरुलाई हार्दिक आग्रह गर्दछु ।’

महासंघले विद्यालय शिक्षा विधेयकमा आफूहरुको मुख्य माग सम्बोधन नभएको उल्लेख गर्दै त्यसलाई समावेश गर्न राजनीतिक दलहरुलाई दवाव दिन मुख्यालय धर्ना कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।

प्रकाशित मिति २०८२ भदौ १५ गते आइतबार ०१:५१
हजुरको प्रतिक्रिया