२०८३ साउन २१ गते बिहीबार

ओलीले नेपाली जनतालाई मुर्ख बनाएकै हुन् त? यस्तो छ वास्तविकता

ओलीले नेपाली जनतालाई मुर्ख बनाएकै हुन् त? यस्तो छ वास्तविकता

जीवी कुमार

@Public 4K Tv

२०८२ भदौ १६ गते सोमबार ०२:५०

तर,अच्चमको कुरा त के छ,भने ? चीनस्थित नेपाली दूतावासले आफ्नो विज्ञप्तिमा उल्लेख गरेपनि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कतै उल्लेख गरिएको छैन ।

ओलीले ढाँटे कि राष्ट्रपति सीले सुनेनन् ?

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली तालिमा रमाउने मान्छे हुन् भन्दा फरक नपर्ला ? ओलीलाई गालीले अलिक बिझाए पनि तालिमा खुबै रमाउँने पात्रका रुपमा चिनिन्छन् । आलोचना सुन्नै नसक्ने ओलीले बेला–बेला विभिन्न फन्डा गरिरहने उनको बानी पुरानै हो ।

कहिले मकै पोल्दै गरेको मकै किनेर होस् कि ? त्यहाँ जम्मा भएका बालबालिकासँग फोटो खिचाएर ओली रमाई रहन्छन् । यो उनको महानता पनि हो । प्रधानमन्त्री जस्तो मान्छे भुँइ मान्छेसँग रमाउँछन् । तर ओलीभन्दा पनि उनका हनुमान यतिसम्म महान छन् कि गोरुलाई गाई हो भन्दा पनि, हो-हो बाँ भन्न पछि पर्दैनन् । यसले गर्दा प्रधनमन्त्री ओलीको बेलाबखद आलोचना भइरहन्छ ।

हाम्रा प्रधानमन्त्री ओली अहिले चीन भ्रमणमा छन् । एससिओ शिखर सम्मेलनमा भाग लिन ओली शनिबार २३ जनाको जम्बो टोली लिएर चीन उडे । थियानजिन विनहाइ अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ उच्चाधिकारीसहित चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले स्वागत पनि गरे ।

हिजो नै ओलीको चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता पनि भयो । भेटवार्तामा ओलीले भारत र चीनले नेपाली भूमिबारे गरेको सम्झौताबारे आपत्ति जनाएको भनिएको छ । शनिबार साझ परराष्ट्र सचिव अमृत राईले एक भिडियो सन्देशमार्फत भनेका थिए ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा स्पष्ट रुपमा आपत्ति जनाए । राईले भने,“प्रधानमन्त्री ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति राख्नुभयो ,सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालकाे भएको स्मरण गराएको भिडियोमा भनेका थिए ।

परराष्ट्र सचिव अमृत राई

यति मात्र होइन्, सीले यो विषय नेपाल र भारतको भएकाले नेपाल,भारतले मिलेर सुल्झाउनु पर्ने बताए । यो लगायत अन्य विषयमा पनि प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच छलफल भएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले एक भिडियो सन्देशमार्फत भनेका छन् ।

डा.युवराज खतिवडा

प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेकबारे कुरा भएको त भनिएको छ । तर,अच्चमको कुरा त के छ,भने ? चीनस्थित नेपाली दूतावासले आफ्नो विज्ञप्तिमा उल्लेख गरेपनि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कतै उल्लेख गरिएको छैन ।

संक्षितमा भन्दा राष्ट्रपति सीले तियानजिन गेस्ट हाउसमा नेपालका प्रधानमन्त्री ओलीसँग भेट गरे, ओली शिखर सम्मेलनमा भाग लिन आएका थिए । प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भेटर्वातमा सीले भनेका थिए, नेपाल र चीन पहाड र नदीहरूले जोडिएका छिमेकीहरू हुन् ।

हाम्रो दिर्घकालीन मित्रता कायम छ । दुबै मुलुक शान्तिप्रेमी र आत्मनिर्भर राष्ट्र हुन् । ७० वर्षको कूटनीतिक सम्बन्धमा, दुवै देशका जनताले सुख–दुखमा साथ दिँदै सद्भाव र मित्रताको ऐतिहासिक अध्याय लेखेका छन् । साथै सीले हाल, चीन–नेपालको बेल्ट एन्ड रोड सहकार्य उच्च गुणस्तरमा अघि बढिरहेको छ,जसले दुई देशका जनतालाई झन् नजिक बनाएको,चीन नेपालसँग मिलेर यो परम्परागत मित्रतालाई अझ उच्च स्तरमा पु¥याउन र साझा विकास तथा समृद्धिका लागि रणनीतिक साझेदारी गहि¥याउन तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चीनले जारी गरेको विज्ञप्तिमा लिपुलेकबारे कहीँकतै उल्लेख गरिएको छैन । बरु यस्तो लेखिएको छ । बेल्ट एन्ड रोड परियोजना संयुक्त रूपमा अघि बढाउने,बन्दरगाह, सडक, विद्युत्, हवाइ उड्डयन,र दूरसञ्चार क्षेत्रमा जडान बलियो बनाउने, उद्योग, कृषि, पशुपालन, नयाँ ऊर्जा, वातावरण संरक्षण,तेल र ग्यास,कृत्रिम बुद्धिभत्ता,शिक्षा, स्वास्थ्य, कानुन प्रवद्र्धन, र सुरक्षा क्षेत्रमा सहकार्य बढाउनु पर्ने , प्रधानमन्त्री ओलीले सी समक्ष राखिएको कुरापनि उल्लेख गरिएको छ ।

ओलीले भनेका छन्,नेपाल–चीन सम्बन्धले विभिन्न चुनौतीहरू पार गर्दै गर्दा अझ बलियो भएको छ । दुवै पक्षले सधैं एकअर्काको सम्मान र विश्वास गर्दै आएका छन्,र आपसी चासोहरूलाई महत्व दिएका छन् ।चीनसँगको सहकार्यले नेपालको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा दिएको छ ।

नेपाल एक–चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ,ताइवान स्वतन्त्रताको स्पष्ट विरोध गर्छ,र कुनै पनि शक्तिलाई चीनको हितविपरीत नेपाल भूमि प्रयोग गर्न नदिने अडानमा छ । नेपाल निरन्तर विकासको लक्ष्यमा प्रतिबद्ध छ र बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत चीनसँगको सहकार्य अझ गहिरो बनाउने आशा राख्दछ । लगायतका प्रधानमन्त्रीले भनेका कुरा उल्लेख गरिएका छन् । तर, कतै लिपुलेकबारे गरिएको कुरा लेखिएको छैन् । त्यसैले यसमा के देखिन्छ भने, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिलाई भारत, चीन व्यापारी नाकामा बनाउन गरिएको सम्झौताबारे कुरा गरेनन् । कि त ? प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनपिङ समक्ष आपत्ति जनाउँदा पनि त्यसको चीनले आफ्नो विज्ञप्तिमा उल्लेख गरेन । यसले नेपालको कुटनीतिकमाथि गम्भीर प्रश्न उब्जिएको छ ।

यस्तै सीमाविद् बुद्धिनारायण क्षेष्ठले भने, विभिन्न ऐतिहासिक दस्तावेजले लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो भूमि देखाएको छ । यो हाम्रो भूमि हो,भनेर राष्ट्रपति सीलाई भन्नुहोला भनेर मैले सुझाव पनि दिएको थिए । तर राष्ट्रपति सीसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेकमा भारत र चीनले गरेको सम्झौतामा आपत्ति जनाएको र सो क्षेत्र आफ्नो हो भनेर भनेको कुरा प्रधानमन्त्रीसँग चीन गएका प्रतिनिधिबाट एकतर्फि आएको बताए ।

सीमाविद् श्रेष्ठले भने,“प्रधानमन्त्रीले लिपुलेकका विषयमा कुरा उठाएको भनिएको छ,तर चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कतै उल्लेख गरिएको छैन् । जसका अन्य विषय बेल्ट एन्ड रोडे,बन्दरगाह, सडक, विद्युत्, हवाइ उड्डयन,र दूरसञ्चार क्षेत्रमा जडान बलियो बनाउने लगायतका विषय उल्लेख गरिएका छन् । यो हेर्दा मलाई पनि अच्चम बनाएको छ । यदि प्रधानमन्त्रीले राष्ट्रपति सीसँग लिपुलेकबारे कुरा गरेको भए किन समावेश भएन ?

यता नेपाली सञ्चारमाध्येमा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा गएका प्रतिनिधिले लिपुलेकबारे प्रधानमन्त्रीले आपत्ति जनाएको कुरा छ्याप–छ्याप्ति आएपनि चिनियाँ सञ्चारमाध्येले भने लिपुलेकबारे कतै उल्लेख गरेकाे छैन् । बरु नेकपा एमालेका कार्यकर्ताले एआइबाट ओलीले लिपुलेकबारे दमदार तबरले राष्ट्रपति सी समक्ष कुरा उठाएको भन्दै भिडियो बनाएका छन् ।

जसलाई लिएर सामाजिक सञ्जालमा आलोचना र समर्थन व्यापक भइरहेको छ । अंग्रेजी,हिन्दी र चिनियाँ भाषामा समाचार वाचन गरिरहेको बनाएका भिडियोलाई एमाले नेता तथा कार्यकर्ताले ओलीको पोष्टर नै बनाएर भिडियो पोष्ट गर्दै जननी जन्मभूमिश्र,स्वर्गादपि गरीयसी,धन्यवाद ! लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो । भन्दै पोष्टर बनाएका छन् ।

नेपालमा एमाले नेता तथा कार्यकर्ताले जय–जयकार गर्दै आम–नागरिकमा भ्रम सृर्जना गरेपनि, अन्तर्राष्ट्रिय तथा चिनियाँ सञ्चारमाध्येमा ओलीले लिपुलेकबारे राष्ट्रपति सीसँग आपत्ति जनाएको कुरा उल्लेख गरेका छैन । यसले के कुरा प्रष्ट हुन्छ,भने ? कि त प्रधानमन्त्रीले आपत्ति जनाएको कुरामा चिनियाँ राष्ट्रपति सीले गीम्भरपूर्व लिएनन् ? कि प्रधानमन्त्री ओलीले लिपुलेक सम्झौतामा आपत्ति जनाएनन् । कि ? प्रधानमन्त्री ओलीसँग गएका पदाधिकारीले ओलीले भन्दै नभनेको कुरा आफैँ भनेर नेपाली जनतालाई ढाटे !

प्रकाशित मिति २०८२ भदौ १६ गते सोमबार ०२:५०
हजुरको प्रतिक्रिया