एजेन्सी\सिन्ह्वा ।
गत महिना क्यानबेराले इरानी राजदुत अहमद सादेगीलाई निष्कासन गरेपछि इरानले अष्ट्रेलियाको कुटनीतिक उपस्थितिको स्तर घटाएको छ ।
इरानका लागि अष्ट्रेलियाका राजदुत इयान म्याककनभिलले देश छोडेका छन् । जबकि क्यानबेरामा इरानको दुतावासको कन्सुलर खण्ड सञ्चालनमा छ ।
लगाइएको प्रतिवन्धहरूको बाबजुद अष्ट्रेलियामा इरानी नागरिकहरूलाई सेवाहरू प्रदान गर्ने प्रयास गरिरहेको छ ।
अगस्ट २६ मा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानलाई अष्ट्रेलियामा यहुदी विरोधी आक्रमणको निर्देशन दिएको आरोप लगाए । सादेगीलाई देश छोड्न भनिएको घोषणा गरे ।
अन्य तीन इरानी अधिकारीहरूलाई पनि अष्ट्रेलियाबाट निष्कासन गरिएको थियो ।
अष्ट्रेलियाले अक्टोबर २०२३ देखि सिड्नी र मेलबर्नमा रहेका अष्ट्रेलियाली यहूदी समुदाय विरुद्ध इरानले कम्तीमा दुईवटा यहूदी विरोधी आक्रमणको निर्देशन दिएको विश्वसनीय प्रमाणहरू संकलन गरेको छ ।
अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङकाअनुसार दोस्रो विश्वयुद्ध पछि अष्ट्रेलियाबाट राजदुतलाई निष्कासन गरिएको यो पहिलो पटक हो ।
प्रकाशित मिति २०८२ भदौ २० गते शुक्रबार १०:००




