२०८३ साउन २१ गते बिहीबार

लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना

लुटपाट र आगजनी भएको भन्दै फिल्डमा उत्रियो सेना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ भदौ २४ गते मंगलबार ०९:३१

काठमाडौँ । नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ। एक सूचना जारी गर्दै सेनाले भदौ २४...

काठमाडौँ ।

नेपाली सेनाले हालको आन्दोलनका क्रममा भइरहेका लुटपाट, आगजनी र तोडफोडका घटनालाई रोक्न आग्रह गर्दै यदि त्यस्ता गतिविधि नरोकिएमा स्थिति नियन्त्रणमा लिन कडा कदम चाल्ने चेतावनी दिएको छ।

एक सूचना जारी गर्दै सेनाले भदौ २४ गते राति १० बजेदेखि नेपाली सेना लगायतका सुरक्षा निकायहरू आफ्नो जिम्मेवारीमा दृढतापूर्वक प्रस्तुत हुने जनाएको छ।

नेपाली सेनाले हालको विषम परिस्थितिको फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, लुटपाट र आगजनी गर्ने काम गरिरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।

यदि यस्ता गतिविधि नरोकिएमा नेपाल र नेपालीको सुरक्षाका लागि नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा लिनका लागि तयार रहेको सेनाले स्पष्ट पारेको छ। “यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातिको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं,” सूचनामा भनिएको छ।

सेनाले सम्पूर्ण राष्ट्रवासीलाई यस कार्यमा सहयोग गर्न पनि हार्दिक अपिल गरेको छ। त्यसपछि सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि जनाइएको छ।

प्रकाशित मिति २०८२ भदौ २४ गते मंगलबार ०९:३१
हजुरको प्रतिक्रिया