२०८३ साउन २१ गते बिहीबार

बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा

बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १ गते बुधबार ०१:३५

पाेखरा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिएका छन् । जेनजीको आन्दोलन र विकसित पछिल्लो घटनाक्रम देखाउदै सभामुख पाठकले पदबाट राजीनामा दिएका हुन् । भदौँ २४ गते नै आन्दोलन चर्कदै गए पछि फेसबुक बाटै...

पाेखरा ।

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिएका छन् ।

जेनजीको आन्दोलन र विकसित पछिल्लो घटनाक्रम देखाउदै सभामुख पाठकले पदबाट राजीनामा दिएका हुन् ।

भदौँ २४ गते नै आन्दोलन चर्कदै गए पछि फेसबुक बाटै पाठकले राजीनामा दिने घोषणा गरेका थिए । परिस्थिति अनुकुन नबनेको कारण तत्काल राजीनामा दिन नपाएको भन्दै पाठकले बुघबार मात्रै औपचारीक रुपमा राजीनामा दिएका हुन् ।

प्रदेश सभा नियमावली २०७४ वमोजिम प्रदेश सभामुखको पदबाट राजीनामा दिएको उपशभामुख अपसरा चापागाईँलाइ पठाएको राजीनामा पत्रमा उल्लेख गरेका छन् । सभामुखले उपसभामुखलाई राजीनामा बुझाउने व्यवस्था रहेको छ ।

उनले प्रदेशका संरचनाहरु पनि ध्वस्त भएको र काम गर्न सक्ने अवस्था पनि नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिएका छन् । पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित सांसद हुन् । यस पहिले राप्रपमका सबै सांसदले सामूहिक राजीनामा दिँदै संसदबाट बाहिरिने निर्णय गरेका छन् ।

प्रकाशित मिति २०८२ असोज १ गते बुधबार ०१:३५
हजुरको प्रतिक्रिया