२०८३ कात्तिक ११ गते मंगलबार

चीनद्वारा दुई नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

चीनद्वारा दुई नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज १४ गते मंगलबार ०२:२५

चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । परीक्षण उपग्रहहरू शियान–३० ०१ र ०२ लाई स्थानीय समय अनुसार बिहान ११ बजे लङ मार्च–२डी क्यारियर रकेटबाट...

चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ परीक्षण उपग्रहहरू अन्तरिक्षमा पठाएको छ । परीक्षण उपग्रहहरू शियान–३० ०१ र ०२ लाई स्थानीय समय अनुसार बिहान ११ बजे लङ मार्च–२डी क्यारियर रकेटबाट प्रक्षेपण गरिएको थियो ।

तिनीहरूको पूर्वनिर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ । उपग्रहहरू मुख्यतया पृथ्वी अवलोकन प्रविधिहरूको प्रयोगात्मक प्रमाणीकरणको लागि प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च शृङ्खला क्यारियर रकेटहरूको ५ सय ९८ औं उडान मिसन हो ।

प्रकाशित मिति २०८२ असोज १४ गते मंगलबार ०२:२५
हजुरको प्रतिक्रिया