२०८३ साउन २१ गते बिहीबार

फरार अभियुक्त पक्रने अभियानमा तनहुँ प्रहरी

फरार अभियुक्त पक्रने अभियानमा तनहुँ प्रहरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ५ गते सोमबार १२:४९

५ असोज, पोखरा । तनहुँ प्रहरीले फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । अभियान नै चलाएर अदालतले दोषी ठहर गरेका फरार अभियुक्तहरुलाई पक्राउ गर्न शुरु गरिएको तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । तनहुँ प्रहरीले आइतबारमात्र...

५ असोज, पोखरा । तनहुँ प्रहरीले फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । अभियान नै चलाएर अदालतले दोषी ठहर गरेका फरार अभियुक्तहरुलाई पक्राउ गर्न शुरु गरिएको तनहुँ प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए । तनहुँ प्रहरीले आइतबारमात्र विभिन्न समयमा अदालतबाट दोषी ठहर भएका २५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने अभियान नै चलाएको तनहुँ प्रहरीले हप्ता दिन अघिमात्र एकैदिन ३५ जनालाई पक्राउ गरेको थियो ।

‘विभिन्न अपराधमा संलग्न रही फरार अभियुक्तमाथि हामीले एक्सन लिइरहेका छौं,’ एसपी पौडेलले भने, ‘अपराध गरेर, अदालतले दोषी हो भनेर कारबाहीको फैसला सुनाइसकेर पनि अभियुक्त खुलेआम समाजमा हिँड्नु न्यायको उपहास हुनु हो । न्यायप्रति जनताको विश्वास जगाउन पनि प्रहरीले अभियान चलाएको हो ।’

प्रकाशित मिति २०७७ असोज ५ गते सोमबार १२:४९
हजुरको प्रतिक्रिया