२०८३ साउन २१ गते बिहीबार

तालबाराहीमा कोजाग्रत मेला

तालबाराहीमा कोजाग्रत मेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २० गते सोमबार ०२:२९

पोखरा । प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा सोमबार कोजाग्रत पूर्णिमा मेला लागेको छ । हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन पोखराको प्रसिद्ध धार्मिक एवं मुख्य पर्यटकीय स्थल मानिने यो मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ...

पोखरा ।

प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा सोमबार कोजाग्रत पूर्णिमा मेला लागेको छ ।

हरेक वर्ष कोजाग्रत पुर्णिमाको दिन पोखराको प्रसिद्ध धार्मिक एवं मुख्य पर्यटकीय स्थल मानिने यो मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।

दर्शनार्थीहरुले जमरा सेलाउने देखि ताल बराही मन्दीरमा दर्शन गर्दा मनोकाक्षा पुरा हुने धार्मिक विश्वासले मन्दीरमा दर्शन गर्न विहान देखिनै भिड हुने गर्दछ ।

मन्दिरमा दर्शनार्थी सहित पर्यटकहरुलाई लैजान डुंगा व्यावसायीहरुलाई भ्याई नभ्याई छ ।

यद्यपी विगतका बर्ष भन्दा यस पटक दर्शनार्थीको संख्या ५० प्रतिशतले कमि रहेको तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताए ।

उनले अहिलेको अबस्था र ठाउँ ठाउँमा बाढी पहिरोले गर्दा पनि बाहिरबाट आउने दर्शनार्थीको सख्यामा कमी आएको बताए ।

 

प्रकाशित मिति २०८२ असोज २० गते सोमबार ०२:२९
हजुरको प्रतिक्रिया